रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले विश्वको जुनसकै स्थानमा आक्रमण गर्न सक्ने मिसाइल तयार गरेको बताएका छन् । रुसले निर्माण गरेको मिसाइलले संसारको जुनसुकै स्थानलाई लक्ष्य बनाउन सक्नेछ ।
पुटिनले यो मिसाइललाई रोक्न समेत असम्भव रहेको दावी गरेका छन् । रुसको राष्ट्रपति निर्वाचनअघि पुटिनले अन्तिम चुनावी भाषणमा यो दावी गरेका हुन् ।
रुसको सरकारी टेलिभिजनमा राष्ट्रपति पुटिनले नागरिकहरुलाई एउटा प्रेजेन्टेशनमा यो सबै देखाएका हुन् । उनले रुस यस्तो ड्रोन निर्माणमा लागेको छ जुन पनडुब्बीबाट छोड्न सकिने पनि बताए । त्यसले परमाणु हमला गर्न सक्ने उनलेबताए ।
पुटिनले अगाडि भने कि रुस यो नयाँ मिसाइललाई युरोप र एसियामा अमेरिकाले बिछ्याएको डिफेन्स सिस्टमले पनि रोक्न नसक्ने बताए । राष्ट्रपति पुटिनले रुसको दुवै सदनलाई करिब दुई घण्टा सम्बोधन गरेका थिए ।
अमेरिकी प्रतिक्रिया ?
समीक्षकहरुका अनुसार रुसका राष्ट्रपतिको यो अभिव्यक्ति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सैन्य शक्ति बढाउने अभिव्यक्तिको उत्तरका रुपमा आएको हो । अमेरिकाले गत महिना मात्रै आफ्नो परमाणु क्षमता बढाउने र साना एटम बम तयार गर्ने कुरा गरेको थियो ।
अमेरिकाको यो भनाइका बारेमा भनिएको थिाये कि यो कतै न कतै रुसलाई चुनौति दिनका लागि सार्वजनिक गरिएको थियो ।
चीन र अमेरिका पनि यस्तै मिसाइल तयार गर्ने कोशिस गरिरहोक छन्, जसले संसारका जुनसुकै स्थानलाई निशाना बनाउन सकोस ।
पुटिनले आफ्नो भाषणमा यो पनि बताए कि रुसले आफ्नो सैन्य शक्तिको विस्तार संसारमा शान्ति स्थापित गर्नका लागि गरेको थियो ।
यद्यपि पुटिनले स्पष्टसँग भने कि रुसविरुद्ध यदि कसैले परमाणु हतियार निकाल्नेछ भने त्यसको जवाफ दोब्बर शक्तिका साथ दिनेछ । बीबीसी हिन्दी