चैत्र २ मा गजित र स्वेताको इन्काउन्टर गल्ली आउने

चलचित्र इन्काउन्टर गल्ली अव रिलिज हुने भएको छ ।

चलचित्रले आफ्नो रिलिज डेट चैत्र २ लाइ लक गरेको छ । राजन चौलागाइको निर्माणमा तयार चलचित्र गल्ली लाइ एनआर घिमिरेले निर्देशन गरेका हुन् ।

खुसी फिल्म प्रोडक्सनको व्यानरमा निर्माण भएको यो चलचित्रमा गजीत बिष्ट , नवराज राउत , स्वेता खड्का , राजन चौलागाइ , ध्रुव कोइराला लगायतका कलाकारको अभिनय रहेको छ ।

एक्सन प्रधान चलचित्र इन्काउन्टर गल्ली ले गल्ली गल्लीमा हुने दादागीरी को कथा उठाइएको निर्देशक घिमिरे बताउछन् । चलचित्रमा नायक गजीत बिष्ट प्रहरी इन्स्पेक्टरको भुमिकामा देखिदैछन् ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..