विदेशमा सेटल हुन चाहन्थिन् श्रीदेवी, कारण यस्तो

एजेन्सी । श्रीदेवी स्क्रीनमा जति मासूम देखिन्थिन्, वास्तविक जीवनमा पनि त्यत्ति नै सोझी थिइन् । स्क्रीनमा उनले चुलबुली भूमिका खेलेर दर्शकको मन जितेकी भएपनि वास्तविक जीवनमा उनी लजालु थिइन् ।
बुधवार उनको अन्तिम संस्कार भइसकेको भएपनि उनीसँग जोडिएका हरेक कथा मानिसहरूको मनमा ताजै छ ।

एकदम कम कुराकानी गर्ने श्रीदेवीसँग अन्तर्वार्ता गर्नु ठूलै उपलब्धि हुन्थ्यो पत्रकारहरूका लागि । उनले स्टारडस्ट पत्रिकालाई दिएको एक अन्तर्वार्ता स्मरणीय छ । त्यसबाट के थाहा हुन्छ भने उनका लागि पर्सनल स्पेसको महत्त्व एकदम धेरै थियो ।
अन्तर्वार्तामा श्रीदेवीलाई सोधिएको थियो, ‘फिल्मी करीयर सकिएपछि तपाईंको सपना के हो ?’

उत्तरमा उनले सामान्य व्यक्तिले जस्तै भनेकी छन्, ‘म विदेशमा सेटल हुन चाहन्छु तर मेरी आमा यस्तो चाहँदिनन् ।’
विदेशमा सेटल हुन किन चाहनुहुन्छ भन्ने प्रश्नमा उनले भनिन्, ‘म विदेशमा आईसक्रीम खान अनि मिल्कशेक पिउन पाउँछु ।’ अन्तर्वार्ताकारले छक्क पर्दै यी कुरा त भारतमा पनि पाइन्छन् नि भन्दा श्रीदेवीले भनिन्, ‘हो, पाइन्छ तर मलाई
यहाँ खाने समय नै हुँदैन । चेन्नईमा हुँदा म घरमा टीभी हेरेर बस्छु अनि मुम्बईमा हुँदा शूटिङमा व्यस्त हुन्छु ।’

श्रीदेवीको यो जवाफबाट पनि थाहा हुन्छ उनी पर्सनल लाइफ भरपूर इन्जोय गर्न चाहिन्थन् ।
श्रीदेवी आफ्नो जीवनको निर्णय आफैं गर्दिनथिन् र यसका लागि पूर्ण रूपमा आफ्ना मातापिताको भर पर्थिन् । उनको पर्सनल र प्रोफेसनल लाइफका निर्णय उनकी आमाले गर्थिन् । श्रीदेवीले आफ्नी आमाको निर्णयमा कहिल्यै प्रश्न
उठाइनन् र आज्ञाकारी छोरीले जस्तो सबै निर्णय मानिन् । उनले अन्तर्वार्तामा पनि उनका मातापिताले उनका बारेमा आफूले भन्दा बढी राम्रो जानकारी राख्ने कुरा बताइन् ।
त्यसैले पनि होला श्रीदेवीले आफ्ना बच्चाहरूको करीयरसम्बन्धी फैसला आफैंले लिन थालेकी थिइन् र हरेक मोडमा आफ्ना छोरीहरूलाई गाइड गरिरहेकी थिइन् ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..