खेलौना कारमा कपाल अल्झिएर एक महिलाको मृत्यु

एजेन्सी – एक मनोरन्जन केन्द्रमा राखिएको खेलौना कारमा कपाल अल्झिएर भारत हरियाणाको पिन्जोरमा एक महिलाको मृत्यु भएको छ। प्रहरीका अनुसार २८ वर्षीया पुनित कौर आफ्ना श्रीमानसँग खेलौना कारमा सवार भइरहेको समयमा अचानक मृतक कौरको कपाल कारको पांग्रामा बेरिएको थियो। कारलाई तुरुन्तै रोक्न नसक्दा उनको शिरमा गम्भीर चोट पुगेका कारण मृत्यु भएको हुनसक्ने प्रहरीले प्रारम्भिक आनुमान गरेको छ।

दर्घाटनामा गम्भीर घाइते भएकी कोरलाई अस्पताल पुर्याइएपनि चिकित्सकले मृत घोषित गरेका थिए। मृतक कौर आफ्ना श्रीमान, एक छोरा तथा आफन्तसँगै बिदा मनाउन सो मनोरंजन केन्द्रमा गएकी थिइन्। हाल मनोरन्जन केन्द्रमा रहेको सो खेललाई संचालनमा निषेध गर्दै घटनाको थप अनुसन्धान भइरहेको पन्जाब प्रहरीले जनाएको छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..