स्वर्गीय भारतीय अभिनेत्री श्रीदेवीका श्रीमान बोनी कपुरले २५ फेब्रुअरीको रात के भएको घटनाको केही विवरण सार्वजनिक गरेका छन् । २४ फेब्रुअरीकै रात श्रीदेवीको दुबईको एउटा होटलको बाथ टबमा डुबेर मृत्यु भएको थियो ।
बोनी कपुरका अनुसार उनी कसरी आफ्नी श्रीमतिलाई सरप्राइज दिन अचानक दुबई पुगेका थिए । कसरी उनले गला लगाएका थिए र एकअर्कालाई चुम्बन गरेका थिए । र कसरी यसको करिब दुई घण्टापछि नै उनले श्रीदेवीलाई पानीले भरिएको बाथ टबमा फेला परेका थिए लगाएतका विषयमा बताएका छन् ।
बोनी कपुरले आफ्नो तीस वर्ष पूराना साथी ट्रेड एनालिस्ट कोमल नाहटासँगको कुराकानीमा २४ फेब्रुअरी साँझ भएको घटनाका बारेमा बताएका हुन् । कोमल नाहटाले यो कुराकानी आफ्नो ब्लगमा प्रकाशित गरेका छन् र त्यसलाई ट्वीट पनि गरेका छन् ।
नाहटाले के लेखेका छन् ?
–बोनी कपुरले नाहटालाई बताए कि २४ वर्षमा मात्र दुई पटक यस्तो भयो जब दुवै पतिपत्नी साथमा विदेश गएका थिए । चलचित्रसँग सम्बन्धित कामका लागि एकपटक श्रीदेवी न्युजर्सी र एकपटक भैंकुभर गएकी थिइन् । बोनीले नाहटासँग भने–म त्यतिबेला ट्रिपमा उनका साथ थिइनँ । तर मैले यो सुनिश्चित गरेँ कि मेरा साथीका श्रीमती उनका साथ थिए । दुबई एक मात्र विदेश ट्रिप थियो, जब श्रीदेवी दुई दिनसम्म (२२ र २३ फेब्रुअरी) का दिन एक्लै बसिन् ।
–बोनी र श्रीदेवी र खुसी एउटा पारिवारिक विवाह समारोहका लागि दुबई पुगेका थिए । जुन २० फेब्रुअरीकै दिन सकिएको थियो । बोनीको लखनउमा एउटा ‘महत्वपूर्ण बैठक’ थियो, जसका लागि उनी भारत फर्किएका थिए । श्रीदेवीले दुबईमै बस्ने तय भएको थियो किनभने उनलाई जाह्नवीका लागि किनमेल गर्नु थियो । नाहटाले लेखेका छन्–जाह्नवीको सपिङ लिस्ट श्रीदेवीको फोनमा थियो । तर, उनी २१ फेब्रुअरीका दिन सपिङ गर्न जान सकिनन् । किनभने उनको फोन रस–अल–खाइमाहमा छुटेको थियो । दिउँसको अधिकांश समय उनले आफ्नो होटलका कोठामै रिल्याक्स गरेर बिताइन् ।
‘पापा तपाईलाई मिस गरिरहेकी छु’
बोनीले नाहटालाई बताए–२४ फेब्रुअरीको बिहान मेरो श्रीदेवीसँग कुरा भयो । जब उनले मलाई बताइन कि ‘पापा (श्रीदेवीले बोनीलाई बोलाउने नाम), म तपाईलाई मिस गरिरहेकी छु।’ तर मैले उनलाई बताइनँ कि साँझ उनलाई भेट्न म दुबई आउँदैछु । जाह्नवी पनि चाहन्थिइन् कि म दुबई आउ, किनभने उनलाई डर थियो कि उनकी आमा, जसलाई एक्लै बस्ने बानी थिएन, आफ्नो पासपोर्ट वा कुनै जरुरी दस्तावेज हराउन सक्छिन् ।
नाहटाले लेखेका छन् कि बोनीले आफ्नी ‘ज्यान’ र दुई बच्ची–जाह्नवी र खुसीकी आमा श्रीदेवीलाई दुबईको जुमेराह एमिरेट्स टावर्स होटल पुगेर सरप्राइज थिएका थिए । बोनीले होटलबाट नक्कली चाबी लिएर श्रीदेवीको कोठा खोलेका थिए । नाहटाले बोनीलाई उधृत गर्दै लेखेका छन्–दुवै जना टिनएज प्रेमीजस्तै अँगालोमा बाँधिए।’ नाहटाका अनुसार बोनीले उनलाई बताए–उनले (श्रीदेवीले) मसँग भनिन् कि मलाई अन्दाजा थियो कि मलाई भेट्न तपाई दुबई आउन सक्नु हुनेछ।’ दुवैले गला लगाए, चुम्बन गरे र करिब आधा घण्टासम्म कुराकानी गरे ।
बोनीले टीभी अन गरे
त्यसपछि बोनी फ्रेश हुन गए । बाथरुमबाट बाहिर आएर उनले श्रीदेवीलाई रोमान्टिक डिनरमा जान प्रस्ताव गरे। उनले श्रीदेवीसँग भने कि उनी भोलिको सपिङ स्थगित गर्न आग्रह गरे । फर्कने टिकटको मिति पनि सार्नुपर्ने थियो । किनभने दुवैले अब २५ तारिखको राति भारत फर्कने तय गरेका थिए ।सपिङका लागि २५ तारिखको दिन पर्याप्त समय निस्कन्थ्यो । श्रीदेवी पनि अब रिल्याक्स गर्ने मुडमा थिइन् । रोमान्टिक डिनरका लागि तयार हुन लागि उनी नुहाउन गइन् ।
–बोनीले नाहटासँग भने–म लिभिङ रुममा गएँ, जबकि श्रीदेवी मास्टर बाथरुममा नुहाउन र तयार हुन गइन् । लिभिङ रुममा बोनी दक्षिण अफ्रिका र भारतबीचको क्रिकेट प्रतियोगिताको अपटेड लिनका लागि च्यानल परिवर्तन गरे । फेरि उनी पाकिस्तान सुपर लिगको हाइलाइट्स हेर्न थाले । उनले १५–२० मिनेटसम्म प्रतियोगिता हेरे । तर उनलाई यो चिन्ताले सताउन थाल्यो कि शनिबार सबै रेष्टुरेन्टमा भिड हुनेछ ।
‘ज्यान–ज्यान’
तब करिब ८ बजेको हुँदो हो । बोनीले अधीर हुँदै श्रीदेवीलाई लिभिङबाटै बोलाए । उनले दुईपटक श्रीदेवीलाई बोलाए । फेरि उनले टेलिभिजनको आवाज कम गरे । तैपनि कुनै आवाज आएन । फेरि उनी बेडरुममा गए । बेडरुमको ढोका ढकढक्याए र फेरि बोलाए । भित्रबाट पानीको टैप खुल्ला रहेको आवाज सुनेर उनले फेरि ‘जान–जान’ भनेर बोलाए।
–कुनै जवाफ आएन तब बोनी हडबडाए र उनले धक्का दिएर ढोका खोले । ढोका भित्रबाट बन्द थिएन । बोनी अलि डराएका थिए तर जुन दृष्य उनको आँखासामु आउनेवाला थियो, त्यसका लागि उनी त्यतिबेलासम्म तयार थिएनन् । बाथटब पानीले भरिएको थियो र श्रीदेवी त्यसमा डुबेकी थिइन् । टाउकोदेखि पैतालासम्म । उनी हतारहतार श्रीदेवी भएको स्थानमा पुगे तर श्रीदेवीको शरीरमा कुनै हलचल भइरहेको थिएन ।
–नाहटाले लेखेका छन्–जे भयो, यसका लागि कोही पनि तयार थिएन । उनी पहिला डुबिन र बेहोस भइन् वा पहिला बेहोस भएर डुबिन्, शायद कसैलाई थाहा हुने छैन । बाथटबबाट थोरी पानी बाहिर खसेको थियो । श्रीदेवीलाई शायद एक मिनेटका लागि पनि संघर्ष गर्ने समय मिलेन, किनभने यदि उनले डुब्दै गर्दा आफ्नो हातखुट्टा चलाएको भए अलि बढी पानी टबबाट बाहिर अवश्य आउने थियो । तर फ्लोरमा विल्कुल पनि पानी थिएन । बीबीसी हिन्दीबाट