काँग्रेस काठमाडौ–ताप्लेजुङ सम्पर्क समिति सभापतिमा भट्टराई निर्वाचित

नेपाली काँग्रेस ताप्लेजुङ्ग काठमाडौं सम्पर्क समितिको तेश्रो अधिवेशनबाट पूर्व सचिव भक्तिराज भट्टराई सभापतिमा सर्वसम्मत चयन भएका छन् ।

नेपाली काँग्रेस ताप्लेजुङ्ग काठमाडौं सम्पर्क समितिको स्थापनाकालदेखि नै क्रियाशिल भट्टराई सहसचिव, सचिवको पद सम्छाल्दै सभापतिमा सर्वसम्मत भएका हुन । काठमाडौंको महराजगंजमा सम्पन्न भएको अधिवेशनमा ताप्लेजुङ्ग जिल्ला फुृङ्लीङ् नगरपालिका वडा नं ११ फावाखोला घर भएका भक्तिराज भट्टराई सभापतिमा चयन भएका छन् ।

सम्पर्क समितिका पुर्व सभापति युवराज गुरुङको ३ बर्षे कार्यकाल सकिए सङ्गै नयाँ कार्य समिति गठन भएको छ । समितिमा नेपाली कांग्रेस ताप्लेजुङ्ग काठमाडौं सम्पर्क समितिका सभापतिको मात्र चयन गरिएको छ भने अन्य पद आगामी हप्ताभित्रै चयन गरिने नव निर्वाचित सभापति भट्टराईले बताएका छन् ।

भट्टराई राजनीतिमा मात्र नभई समाजसेवी पनि हुन । उनी रक्तसञ्चार केन्द्रसंग सहकार्य गरेर रक्तदान गर्न गराउने कार्यमा सक्रिय छन् ।
अहिलेसम्म ४३ पटक रक्तदान गरेका भट्टराई इमरजेन्सी वर्ल्ड गुप्रका संयोजक पनि हुन । भट्टराई सभापतिमा चयन भएपछि ताप्लेजुङबासीको जीवनसंग सरोकार राख्ने समस्यालाई केन्द्रबाट सम्बोधन गराउने प्रतिबद्धता जनाएका छन् ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..