कर्मशील श्रीकृष्णप्रसाद खनालप्रति पैतालिस दिनको पावन तिथिमा हार्दिक श्रद्धाञ्जलि-भट्टराई नारायण

सृष्टि सदैव रहस्यमय मानिएको छ । यसमा अनेक अनुसन्धान भए, अन्वेषण र प्रयोगका सिलसिला जारी छन् । सिर्जना र अवसानको चक्रमा मानवीय खोजहरु निरुपाय बहस मात्र प्रतित भएका छन । त्यसैले भन्ने गरिएको होला, जन्मसित मृत्यु पनि सँगसँगै आउछ । वैज्ञानिकहरु इश्वरीय शक्ति र स्थितिलाई रहस्यमय भन्दै आएका छन् । त्यसैले होला जैन धर्मका जनक महाविरले जीवनलाई मित्र र शत्रु दुवै भन्ठाने ।

हाम्रो वेदले मानिसको आत्मा र भौतिक शरिरको सम्बन्धबारे चर्चा गरेको छ । दैव मनुस्य रुपेण्ँ भनेर मानिसको महत्वलाई उच्च स्थान दिइएको पाइन्छ । वेदको चर्चामा मानिसहरु अत्यन्त पराक्र्र्र्रमी, वुद्धीमानी, ओजस्वी र ज्ञान विज्ञानले सम्पन्न भनिएको छ । समाज र व्यक्तिबीच अन्योन्याश्रित सम्बन्ध रहेको चर्चाले मानिसका जीवन, कर्म, र मर्मले स्थापित हुने संन्देश दिएको छ । मृत्युले कर्म र मर्म बीचको अन्तर सम्बन्धको पहिचान गर्दै होला ? यस्तो विस्मयकारी तर्कको कुनै वजनवा महत्व नहोला तर शोकमग्न स्थितिमा यस्ता उद्योगहरु स्वभावजन्य हुन्छन् जस्तो लाग्छ ।

२०७४ माघ ०७ गते बसन्त पञ्चमीको पावन तिथिका दिन छत्रदेव ३ बल्कोट अर्घाखाँचीका प्रतिष्ठित समाजसेबी, शिक्षासेबी धर्मानुरागी राजनितिक व्यक्तित्व श्री कृणप्रसाद खनालको असामयिक निधन भयो । त्यसवाट यस क्षेत्रमा सच्चा प्रजातन्त्रवादी राष्ट्रप्रेमी जगत लाई ठुलो धक्का लागेको छ , अतुलनीय क्ष्ँती पुगेको छ । उहाँको दुईपत्नीबाट, तीन छोरी र चारभाई छोराहरु छन । श्रीकृष्ण प्रसाद खनालको जन्म तुलानात्मक रुपले संभ्रान्त परिवारमा पिता श्री हरिप्रसादखनाल (जनजिभ्रोमा खडानन्द)र माता श्रीमती तुलसा खनालको कोखबाट वि.सं. २००२ साल अषाढ १४ गते सानिपोखरी, बल्कोट, अर्घाखाँचीमा भएको थियो । श्री हरिप्रसाद खनाल राणाकालमा केहि दिन रुपन्देहीको बेथरी माल अड्डामा मुखिया पदमा कार्यरत हुनुहुन्थ्यो । तर उहाँले वीचैमा जागीर छोडेर वल्कोट घरमा बस्न थाल्नुभयो । सात सालको जनमुक्तिका विद्रोही डा.केआई सिंहले उहाको घरमा धावा बोलेका थिए । व्यवहार कुशल श्री हरीप्रसादले डा.के आई सिंह र उनका टोलीलाई कुशल व्यवहार र व्यावस्थापन गरीदिएर अप्रिय घटना हुनवाट बचाउनु भएको थियो । प्रसासकहरुसंग निभर्यको साथ बोल्नसक्ने क्षमताले उहाँ चर्चित व्यक्तित्व बन्नपुग्नुभयो तर उहाँ पनि अल्पायुमै वित्नुभयो ।

अर्घाखाचीको पूर्वक्षेत्रका जनताको आश्रयस्थल रहेको खनाल परिवार बैकको रुपमा स्थापित भएको थियो । त्यतिबेला आर्थिक कारोवार शुन्यप्रायः थियो । खेतिपाति नै प्रमुख व्यावसाय रहेको स्थानीय उत्पादन अप्रर्याप्त हुँदा किसानहरुको जीवन कष्ट प्रदायक थियो । २००७ सालको प्रजातन्त्र स्थापनापछि शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा जवर्जस्त हलचल हुदै थियो । तर सामाजिक स्तरवाट वित्तीय सस्ंथावाट कुनै प्रकारको सेवा सुविधा उपलव्ध हुनसकेको थिएन । सरकारले निर्धारण गरेको व्याज ग्रामीण जनतालाई सहुलियत दरमा आर्थिक कारोवार गर्न थाले पनि खनाल परिवार बैंकको रुपमा स्थापित भएको थियो । यसबाट व्यापार व्यवसाय गर्न, पठनपाठन र वन्द व्यावसायको लागि लगानी हुनथाल्यो । धेरै गाउँलेहरुलाई श्रीकृष्ण प्रसाद खनालबाट हरेक क्षेत्रमा बैंकको दरमा ऋण प्रवाह हुने गरेको थियो । यसवाट ठूलै जत्था प्रभावित भएको सबैले चर्चा गर्ने गर्दछन् । कस्तो संयोग उहाँले बसन्तपञ्चमीलाई (श्रीपञ्चमी भन्ने गरिएको अर्घाखाँचीे क्षेत्रमा ) कारोवारको नयाँ वर्ष मान्नूहुन्थ्योे र उहाँको शहादत पनि श्रीपञ्चमीकै दिनमा सम्पन्न भयो । त्यति वेलाको ग्रामिण जनजीवन अनुशासित साथै उत्तरदायी थियो । त्यतिवेलाको आर्थिक कारोवार अहिले बैकमा निर्वाह गर्नुपर्ने, धितोपत्र जस्ता झन्झटिला शर्तहरु हुदैनथ्यो ।

आवश्यकता र औचित्यको रुपमा लगानी हुने गर्दथ्यो । कतिपय ठाउँमा चर्को सुद लिने ठेकी वेटी आदि पनि हुन्थ्यो भन्ने सुनिन्थ्यो । तर श्रीकृष्ण प्रसाद खनालको हकमा यस्ता अप्राकृतिक असामान्य शर्तहरु कारोवारमा कहिल्यै देख्नु भोग्नु सुन्नु परेन तर लगानीको आवश्यकता र औचित्य चाहि उहाँले खुबै मसिनियर हेर्नु हुन्थ्यो । पठन पाठनको लागि चाहिने आर्थिक पक्षप्रति उहाँ सदै उदार रहनुहुन्थ्यो । त्यो उदारतको सहुलियत हामीहरुले पनि असंख्य प्रयोग गरेका थियौ ।

श्रीकृष्ण प्रसाद खनाल धर्मानुरागी हुनुहुन्थ्यो । प्रत्येक वर्ष कुनै न कुनै खालको यज्ञको आयोजना गर्नुहुन्थ्यो । उहाँको पिताश्रीले स्थापना गरेको पौवा र मन्दिरको व्यवस्थापन उहाँ आफैै गर्नूहुन्थ्यो । प्रजातन्त्रपुन स्थापना पछि प्रहरी चौकीको स्थापना गरिदा आपm्नो स्वामित्वको पौवार दश रोपनीजग्गा नेपाल सरकारलाई दान गर्नुभएको थियो जुनद्धन्द्धकालमा (२०५८ सालमा) ध्वस्त पारियो । त्यसै वर्ष उहाँ बस्दै आउनुभएको ऐतिहासिक घर (डा. के आइ सिंह ले धावा बोलेको घर ) वम पड्कायर ध्वस्त पारियो । उहाँले मथुराधाममा अखण्ड होमकुण्ड आफ्नै खर्चमा निर्माण गरिदिनु भएको थियो ।

ठूलारुखका छत्र महाराज मन्दिरदेखि ग्रामीण स्तरकामन्दिर निमार्णमा यथासक्य सहयोग गर्ने गर्नुभएको थियो । समग्र समाजलाई आफ्नै देख्ने सबैलाइ आफुजस्तै ठान्ने र सबैप्रति सम्मान प्रकट गर्ने उहाँको प्रसंशानीय चारीत्रिक विशेषता थियो । श्रीकृष्णप्रसाद खनाल शिक्षा प्रेमीहनुहुन्थ्यो । बल्कोट हाईस्कुलको अध्यक्षको नेतृत्व लिएर लडखडाएको संस्थालाई सवल बनाउदा सदैव दत्तचित रहनुभएको थियो । उहाँकै पालामा उच्च माध्यमिक विद्यालयको रुपमा स्तरोन्नति भएको थियो । विद्यालय स्थापना, विकास र स्थायित्वका निमित्त श्रीकृष्णप्रसाद खनालले सह्राहनीय योगदान पुराउनु भएको थियो ।

उहाँले आफ्ना सन्ंततिहरुलाई उचित शिक्षा दिनकहिल्यै हिचकिचाउनु भएन । ग्रामीणवासीहरुलाई पनि सदैव पे्ररित गर्दै जानु भयो । द्धापरयुग देखिनै पवित्र मानिदै आएको मथुुराघाममा विभिन्न मन्दिर निर्माण, २०४२ सालमा योगि नरहरिनाथको अगुवाइमा महायज्ञको आयोजनागर्ने जस्ता महत्व पुर्ण धार्मिक क्रियाकलापमा श्रीकृष्ण प्रसादखनाल सक्रिय रुपले संलग्न हुनुभयो । मथूुराधाममा गायत्रि पुराश्चरण एवं यज्ञ यज्ञादि गराउन उद्यत रहनुभयो । अहिले कृषि क्याम्पस निर्माणमा ती महायज्ञहरुको अहं भूमिका रहेको जग जाहेरै छ । ऐतिहासिक कालखण्डमा मथुुरामा महत्वपुर्ण घटना भएका थिए । पश्चिमबाट काठमाडौँ जाने क्रममा मथुरा हुदै जाँदै गरेकी वालनरसिंह कुंवर राणाको सात महिनाकी गर्भवति पटरानि गणेश कुमारीको कोखवाट १८७४ साल आषाढमा जंगबहादुर जन्मिएका थिए । गाउँलेहरुले उनलाई बल्कोटमा लागि स्याहार सुसार गरेका थिए । पछि जंगबहादुर प्रधानमत्री बनेपछि हालको बल्कोटपौवा र मन्दिर निर्माण गराएका थिए । ती सबैको संरक्षणमा बल्कोटमा महायज्ञको आयोजना गरिएको थियो । त्यसमा श्री खनालको बिशिष्ट योगदान रह्यो । देशाटनको क्रममा २०१६ साल पुषमा राजा महेन्द्र र प्रधानमन्त्री विपी कोइराला मथुरामा वास बस्नु भएको थियो । हामीहरुले विद्यार्थीको रुपमा स्वागत गरेका थियौ ।

श्रीकृष्ण प्रसाद खनाल एक्लो छोरा हुनुहुन्थ्यो । त्यसैले कारोवार छाडेर उच्चशिक्षा हासिल गर्ने अवसर पाउनु भएन तर उहाँले विश्व परिस्थिति, राजनितिक गतिविधि र देश विकासप्रति गहिरो रुचि राख्नु हुन्थ्यो । उहाँ प्रधानपञ्चदेखि जिल्ला पंचायत उपसभापति, सालवडि का.मु. सभापति बन्नुभयो । उहाँलाई पंचहरुको ग्रुपमा उदारवादी भनेर चिनिन्थ्यो । वि.पी.वनारस हुनुहुन्थ्यो,हामीहरु त्यही पढथ्यो, घर आउदा तरुण पत्रिका ल्याउथ्यो, उहाँलाई दिन्थ्यौ । वडा रुचिले पढ्ने गर्नु हुन्थ्यो । हामीहरुलाई पक्राउ पूर्जी आउदा धेरै चोटि बचाउनु भएको थियो । प्रजातान्त्रिक संघर्षलाई दिलो ज्यानले सघाउने उहाँमात्र पञ्च हुनुहुन्थ्यो हाम्रो गाउँमा । प्रजातन्त्रपुन.स्थापना पछि उहाँले विधिवत नेपाली कांग्रेसमा क्रियाशील रहनुभयो । राष्ट्रियता, प्रजातन्त्रर सामाजिक न्यायप्रतिको उहाँको प्रतिवद्धता विशिष्ट थियो ।

सरल तर गहन व्यक्तित्वका धनी श्रीकृष्ण प्रसाद खनाल माओवादिको तारो बन्नु भयो । उहाँको हत्या गर्ने आदेश रहेको भक्ति पाण्डेको पुस्तकमा उल्लेख गरिएको छ । अमर सहीदश्री राममणी ज्ञावालिको हत्या गरेकै दिन उहाँको ऐतिहासिक घरध्वस्त गराइयो । त्यस पछि उहाँ विस्थापित जीवन बिताउदै आउनु भएको थियो । तर पनि उहाँले कहिल्यै कसैसँग गुनासो गर्नु भएन । प्रजातन्त्र र राष्ट्रियता बचोस् सामाजिक न्याय सबैले पाउन, मेरोे विस्थापित जीवनजति सुकै कष्टप्रद भएपनि राष्ट्रर जनताको अस्तित्वका लागित्यो नगण्य हो भन्ने उहाको मान्यता थियो ।

कर्मशील श्रीकृष्ण प्रसादखनाल प्रति पैतालिस दिनको पावन तिथिमा हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु ।

तस्वीरहरु

श्रीकृष्ण प्रसाद खनाल

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..