अस्ट्रेलियामा खरबुजा खाँदा मृत्यु, तर कसरी ? यस्तो छ कारण

खरबजुजा खाएर कोही विरामी होला त र यहाँसम्म कि मृत्यु नै होला त १ विश्वास गर्न कठिन छ। तर अस्ट्रेलियामा यस्तै भएको छ।
त्यहाँ खरबुजा खाएर तीन जनाको मृत्यु भइसकेको छ। उक्त खरबुजामा लेस्टीरिया नामक ब्याक्टेरिया रहेको आशंका गरिएको छ।

न्यु साउथ वेल्स राज्य खरबुजा खेतीका लागि चर्चित छ। त्यहाँ हालै यो ब्याक्टेरियाबाट १५ जना बरिष्ठ नागरिक संक्रमित भएका हुन् । दुई जनाको मृत्यु न्यु साउथ वेल्स र एक जनाको मृत्यु भिक्टोरिायमा भएको हो ।

बरिष्ठ नागरिकहरु, गर्भवती महिला र बालबालिकालाई पहिला नै काटेर राखिएको खरबुजा नखान चेतावनी दिइएको छ। विरामी भएका १५ जनाको उपचार भइरहेको छ, उनीहरु सबैले केन्टालूप नामको पहाडी खरबुजा खाएका थिए ।

न्यु साउथ वेल्स स्वास्थ्य प्राधिकरणका सरुवा रोग निर्देशक विकी शेपर्डले भने–लेस्टिरियाको चपेटमा आएका नागरिकलाई १ मार्चदेखि पहिला किनेका यसप्रकारको खरबुजा प्रयोग गर्न नहुने थियो।

न्यु साउथ वेल्सको ग्रिफिथ सहर नजिकैको खेतमा यसप्रकारको ब्याक्टेरिया फैलिएको थाहा भएको छ। जनवरीमा सुरु भएको यसप्रकारको रोगपछि पूरै अस्ट्रेलियाको सुपरमार्केटले यो पहाडी खरबुजा हटाएका थिए ।

के हो रोग ?

–यो लेस्टिरिया ब्याक्टेरियाबाट ग्रस्त कुनै पनि खानेकुराबाट फैलन्छ वा खेतमा जनावरको सम्पर्कबाट पनि फैलन्छ ।

–यस्तो मामिलामा दुग्धजन्य उत्पादनको प्रयोगबाट पनि आउँछ , जसमा मुख्यतः पनीर हो ।

–पहिलाबाटै प्याकेटमा बन्द खाना जस्तै स्यान्डविच र पैटिजमा पनि लेस्टिरिया हुन सक्दछ ।

–यसको सम्पर्कमा आएपछि कडा ज्वरो, वान्ता हुनेजस्ता लक्षण देखिन्छन् ।

–अधिकांश रोगीमा यसको लक्षण स्पष्टसँग देखिने गरी नआउन पनि सक्छ, तर वृद्धवृद्धा र युवाहरुाम यो देखिन्छ । बीबीसी हिन्दी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..