फोटोग्राफरसँग मुद्दा हारिन बेहुली, यसरी भयो लाखौ डलर जरिवाना

क्यानडाका एक जना न्यायाधीशले एउटी बेहुलीमाथि यसकारण हजारौ डलर जरिवाना तिराउन आदेश दिएका छन् किनभने उनले सामाजिक सञ्जालमा एक जना फोटोग्राफरविरुद्ध अभियान चलाएकी थिइन्, जसबाट उनको कारोबारमा खराब असर परेको थियो ।

अदालतले एमिली लियाओलाई फोटोग्राफरविरुद्ध अनलाइन अभियानका कारण भएको हानीको क्षतिपुर्तिस्वरुप १.१५ लाख डलर तिर्न आदेश दिएको हो ।

एमिलीले आफ्नो विवाहको तस्वीर लिनका लागि ‘अमारा वेडिङ्ग’ नामको कम्पनीबाट सुविधा दिएकी थिइन् र विवाहभन्दा पहिला लिइएको आफ्नो तस्वीरको गुणस्तरबाट निराश थिइन् । उनका अनुसार उनका साथ राम्रो व्यवहार गरिएन । त्यसपछि उनले वर्षभर उक्त कम्पनीविरुद्ध अनलाइन पोस्ट गरिन् ।

२२ फेब्रुअरीमा भएको फैसलामा न्यायाधीशले भने कि एमिलीले आफ्नो निराशालाई सही सावित गर्न सकिनन् । उनका अनुसार एमिलीको फोटोग्राफरविरुद्ध अनलाइन अभियानपछि उसको कारोबारमा आएको गिरावट केवल संयोग मात्र थिएन । उक्त फोटोग्राफरले जनवरी २०१७ मा आफ्नो कारोबार बन्द गर्नु परेको थियो ।

अदालतको दस्तावेजअनुसार एमिलीले अंग्रेजी र चिनियाँ भाषामा सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा यो आरोप लगाएकी थिइन् कि अमारा वेडिङ्ग र त्यसको मालिकनी किनी चान ‘ग्राहकहरुलाई झुठो वस्तु देखार भ्रमित पार्दछन् । फोहोर रणनीति प्रयोग गर्दछन् र झुठो बोल्छन् ।

दस्तावेजका अनुसार एमिली र उनका श्रीमानले तस्वीर खिच्नका लागि तय भएको बाँकी रकमसमेत तिरेका थिएनन् । यद्यपि अमारा वेडिङ्गले अनुबन्धअनुसार विवाहका लागि मेकअप, फोटोग्राफी, फूल र समारोहका अन्य सुविधा पनि उपलव्ध गराएको थियो ।

समारोहपछि चानले विवाहित जोडीलाई भनेकी थिइन् कि यदि उनीहले बाँकी पैसा नर्दि तस्वीर फिर्ता लिइनेछ । अदालतको रेकर्डअनुसार उनीहरुले पैसा दिन इन्कार गरिदिए ।

चानले दिएको रकम फिर्ता गर्ने र अनुबन्ध समाप्त गर्ने प्रस्ताव गरेकी थिइन् । अदालतको दस्तावेजअनुसार विवाहित जोडीले यो प्रस्ताव अस्वीकार गरे र अगस्त २०१५ मा उनीहरुविरुद्ध अदालत गए । साथै अनुबन्ध तोडेको आरोप पनि लगाए ।

यसपछि चानले आफ्नो पूरा रकम दावी गरिन् । अगस्तदेखि एमिलीले चानको कम्पनीबाट उपलव्ध गराइएको वैवाहिक सेवाविरुद्ध अनलाइन पोस्ट गर्न सुरु गरिन् ।

जोडीले पैसाका लागि गरेको दावी अक्टोबर २०१६ मा रद्द गरियो तर चान आफ्नो दावीमा विजयी भइन् । एकसाता पछि एमिलीले फेसबुक, भीबो र अन्य सामाजिक सञ्जालमा माफी पोस्ट गरिन् ।

तर चानले यो साता सीबीसी न्युजसँग भनिन् कि मेरो व्यापारको नोक्सान भइसकेको छ। उनले भनिन्–मैले जे गुमाएँ, त्यो गुमाइसकेँ त्यसैले म सोच्दछु कि यसको क्षतिपुर्ति कसैले गर्न सक्दैन ।

‘म सबैमा यो सावित गर्न चाहन्थेँ कि जब उनीहरु इन्टरनेटमा केही भन्छन् तब उनीहरुले त्यसको नतिजा पनि भोग्नु पर्दछ ।’एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..