एउटा पर्सको मूल्य कति पर्ला ? चार करोडको पर्स देख्नु भएको छ ?

एउटा पर्स वा ह्याण्डब्यागको मूल्य बढीभन्दा बढी कति कति हुन सक्ला ? तपाई भन्नु होला, दश हजार ? शायद चार हजार ? वा फेरि ९० हजार ?

तर, तपाई त्यो ब्यागलाई के भन्नु हुन्छ जसको मूल्य २७ लाख ९ हजार पाउण्ड हर्थात नेपाली मुद्रा झण्डै चार करोड नजिक होस् १
यो मूल्यमा त राजधानीमा गज्जबको भवन वा कुनै भव्य महल वा बेलायतमै पनि घर किन्न सकिन्छ । अझ त्यसपछि पनि तपाईसँग निकै पैसा बच्ने पो छ।

व्हाइट गोल्ड र हिरा

तर यसका वावजुद गत वर्ष कसैले यहि मूल्यमा यो दुर्लभ ब्यागका लागि तिरेको छ। सन् २०१४ को हिमालय बिर्किन नामको यो ह्याण्ड ब्याग फ्रेन्च फेशन हाउस हर्मिजको उत्पादन हो ।

घडियालको अफ्रिकन नश्लको निलो छालाबाट बनेको यो ह्याण्डब्यागमा १८ क्यारेटको व्हाइट गोल्ड र हिरा जडित छ ।

निश्चय नै बहुमूल्य ह्याण्डब्यागका रुपमा यो ब्यागको मूल्य रेकर्ड तोड्ने ब्याग मान्न सकिन्छ । एक समय थियो जब महंगा ह्याण्डब्याग निकै चल्तीमा थियो ।

धेरै पहिलाको कुरा होइन, जब मोनाकोकी प्रिन्सेस ग्रेसले आफ्नो बेबी पम्प (गभ)लाई पपराजी (सिलेब्रिटिजका पिछा गर्ने पत्रकारहरु) बाट लुकाउनका लागि हर्मिजको ब्याग प्रयोग गरेकी थिइन् ।यो बहुमूल्य पर्स यसरी लोकप्रिय भयो कि किम कार्दशियन वेस्ट जस्ता व्यक्तिका जिकिर संसारभर हुन थाल्यो ।

अक्शन हाउस क्रिस्टीका अनुसार यो लग्जरी ह्याण्ड ब्याग प्रयोगपछि पनि खरिदविक्री गरिन्छ र यसको बजार लगातार बढेको छ।

लगानीको विकल्प

सन् २०११ मा यसको व्यापार ५१ लाख पाउण्ड थियो जुन सन् २०१६ मा बढेर २६० लाख पाउण्ड भयो । तर एउटा अर्को अक्शन हाउस हेरिटेज अक्शन्सका अनुसार संसारभरमा निकै बहुमूल्य ह्याण्डब्यागको बजार ७५० लाख पाउण्डदेखि १० करोड पाउण्ड जति छ र यो बढ्दो छ।

लगानीको हिसावले पनि यो ह्याण्डब्याग राम्रो आम्दानी दिने सक्ने खालको छ ।इन्भेस्टमेन्ट बैंक जेफरिजका अनुसार यस्ता ह्याण्डब्यागमा वर्षमा ३० प्रतिशतसम्म प्रतिफल प्राप्त हुन सक्दछ । बीबीसी हिन्दी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..