यस्तो छ मदिरामा मस्त रहने मुलुकहरुको सूची, नेपाल कतिऔ नम्बरमा ?

संसारभर अल्कोहल अर्थात मरिदाको खपत बढ्दो छ । केही देशमा त यसको लत ठुलै समस्या बनिसकेको छ। यस्ता छन् मदिरामा मस्त रहने विश्वका १३ वटा मुलुक । जसमा नेपाल पनि अग्रपंक्तिमै रहेको छ।

१. मोल्डोभा

मोल्डोमामा प्रतिव्यक्ति मदिराको खपत १७.४ लिटर प्रति वर्ष अर्थात करिब १७८ बोतल वाइन रहेको छ।

२. बेलारुस

बेलारुस पनि यो मामिलामा कम छैन । बेलारुसमा प्रतिव्यक्ति मदिरा खपत १७.१ लिटर प्रतिवर्ष अर्थात १७५ बोतल वाइन रहेको छ।

३. लिथुएनिया

त्यसपछि तेस्रो नम्बरमा छ लिथुएनिया । लिथुएनियामा प्रति व्यक्ति मदिराको खपत १६.२ लिटर अर्थात १७० बोतल वाइन प्रति वर्ष छ ।

४. रुस

यो सूचीको चौथो नम्बरमा छ रसिया । रसियामा प्रति व्यक्ति मदिराको खपत १४.५ लिटर प्रतिवर्ष अर्थात १५०० पैग भोड्का रहेको छ।

५. चेक गणराज्य

पाँचौ नम्बरमा मदिरामा मस्त रहने देश छ चेक गणराज्य । चेक गणराज्यमा प्रति व्यक्ति मदिराको खपत १४.१ लिटर प्रति वर्ष अर्थात करिब १४९० पैग भोड्का रहेको छ।

६. युक्रेन

यो मामिलामा युक्रेन पनि कम छैन । युक्रेनमा प्रति व्यक्ति मदिराको खपत १३.९ लिटर प्रतिवर्ष रहेको छ।

७. एन्डोरा

एन्डोरा पनि मदिरा पिउनेहरुको कमी छैन। एन्डोरामा प्रति व्यक्ति मदिराको खपत १३.८ लिटर प्रतिवर्ष रहेको छ ।

८. रोमानिया

सूचीको आठौ नम्बरमा छ रोमानिया । रोमानियामा प्रति व्यक्ति मदिराको खपत १२.९ लिटर प्रतिवर्ष रहेको छ।

९. सर्भिया

त्यसपछि नवौं नम्बरमा मदिरा पिउनेको सूचीमा छ सर्भिया । सर्भियामा प्रति वर्ष मदिराको खपत १२.६ लिटर रहेको छ ।

१०. अस्ट्रेलिया

मदिरा पिएर मस्त हुनेको सूचीमा अस्ट्रेलिया पनि कम छैन । अस्ट्रेलिया सूचीको दसौं नम्बरमा छ। अस्ट्रेलियामा प्रति व्यक्ति मदिराको खपत १२.६ लिटर प्रति वर्ष अर्थात फोस्टर्स बियरको ७६४ बोतल छ ।

११. भारत

मदिरा पिउनेमा छिमेकी मुलुक भारत पनि अगाडि नै छ। मदिरा पिउने मुलुकको सूचीमा भारत ११औं नम्बरमा छ। भारतमा प्रति व्यक्ति मदिराको खपत ४.६ लितर प्रति वर्ष रहेको छ।

१२. नेपाल

मदिराको कुरामा नेपाल झन किन पछि पर्थ्यो । यो सूचीमा नेपाल १२औं नम्बरमा छ । नेपालमा प्रति व्यक्ति मदिराको खपत २.२ लिटर प्रति वर्ष रहेको छ।

१३ पाकिस्तान

मुस्लिम मुलुक पाकिस्तान पनि मदिरा पिउनेको सूचीमा छ । पाकिस्तान मदिरा पिउने मुलुकको सूचीमा १३औं स्थानमा छ। पाकिस्तानमा प्रति व्यक्ति मदिरा खपत १०० मिलिलिटर प्रति वर्ष रहेको छ। एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..