तपाईलाई थाहा छ, कुनकुन सात मुलुकको मुद्रालाई रुपैयाँ भनिन्छ ?

रुपैयाँ नेपालमा मात्र होइन अन्य कयौ देशको मुद्रा पनि हो। यद्यपि हरेक देशको रुपैयाँको मूल्य डलरको तुलनामा अलगअलग छ। तपाई पनि थाहा पाउनुस् कुन कुन मुलुकका मुद्रालाई रुपैयाँ भनिन्छ ।

भारत

रुपैयाँ शब्द संस्कृतको रुप्यकम् शब्दबाट आएको हो, जसको अर्थ हुन्छ चाँदीको सिक्का । रुपैयाँको इतिहास सताब्दिऔ पूरानो छ। नेपालका साथै भारतमा पनि रुपैयाँकै चलन छ । भारत स्वतन्त्र हुनुअघिसम्म रुपैयाँका साथै अन्य मुद्राहरु पनि प्रचलनमा थिए । जस्तै हैदरावादी रुपैयाँ, त्रावणकोर रुपैयाँ वा कच्छ कोरी । तर, सन् १९४७ मा स्वतन्त्रता पाएपछि पूरै भारतमा एउटै मुद्रा लागु भएको हो

पाकिस्तान

भारतबाट अलग भएपछि पाकिस्तानले सुरुमा ब्रिटिश इन्डियाको नोट र सिक्का नै प्रयोग गरेको थियो । मात्र त्यसैमा पाकिस्तानको छाप लगाइएको थियो । सन् १९४८ बाट पाकिस्तानमा नयाँ नोट र सिक्का बन्न लागेको हो । भारतमा जुनप्रकारको नोटमा महात्मागान्धीको तस्वीर हुन्छ, त्यसरी नै पाकिस्तानमा देशका संस्थापक मोहम्मद अलि जिन्ना हरेक नोटमा देखिन्छन्।

श्रीलंका

श्रीलंकाको मुद्राको नाम पनि रुपैयाँ नै हो । सन् १८२५ मा ब्रिटिश पाउन्ड श्रीलंकाको अधिकारिक मुद्रा बन्यो । यसअघि त्यहाँ सीलोनिज रिक्सडालर नामको मुद्रा प्रचलनमा थियो । अंग्रेज शासनमा दशकौंसम्म पाउण्ड श्रीलंकाको मुद्रा बनिरह्यो, जसलाई त्यतिबेला सिलोन भनिन्थ्यो ।तर १ जनवरी १८७२ मा त्यहाँ रुपैयाँलाई अधिकारिक मुद्राको रुपमा अपनाइयो ।

नेपाल

नेपालमा सन् १९३२ मा रुपैयाँलाई आधिकारिक मुद्रा बनाइएको हो । यसअघि नेपालमा चाँदीको मोहरको चलन थियो । नोटमा समेत मोरु लेख्ने चलन थियो । नेपाली भाषामा रुपैयाँलाई मोहर भन्ने चलन पनि छ। नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले देशको मुद्रा नियन्त्रण तथा नियमन गर्ने गर्दछ । नेपालको अहिलेसम्म सबैभन्दा ठुलो नोट हजार रुपैयाँको छ ।

मरिसस

मरिशसमा पहिलोपटक सन् १८७७ मा नोट छापिएको थियो । सुरुमा मरिशसमा पाँच, दश र पचास रुपैयाँका नोट छापिएका थिए । मरिशसमा ठुलो संख्यामा भारतीय मूलका नागरिकको बसोबास छ । त्यसैले पनि नोटमा त्यसको मूल्य भोजपुरी र तमिल भाषामा पनि हुन्छ ।

इन्डोनेसिया

इन्डोनेसियाको मुद्रा रुपियाह हो, जसको मूल्य रुपैयाँ वा रुप्य नै हो । अनाधिकारिक रुपबाट इन्डोनेसियामा रुपियाहका लागि पेराक शब्दको प्रयोग पनि गरिन्छ, जसको अर्थ स्थानीय भाषामा चाँदी हुन्छ । डलरको चुलनामा कम मूल्य भएका कारण इन्डोनेसियामा ठुला नोटको चलन छ। इन्डोनेसियामा सबैभन्दा ठुलो नोट एक लाख रुपियाहको छ।

सेशल्स

हिन्द महासागर क्षेत्रमा रहेको मुलुक सेशल्सको मुद्रा पनि रुपैयाँ हो । सन् १९१४ मा त्यहाँ सबैभन्दा पहिला रुपैयाँको नोट र सिक्का छापिएको थियो । सेशल्स पनि पहिला ब्रिटिश साम्राज्यको अधिनमा थियो । सन् १९७६ मा सेशल्सले स्वतन्त्रता पाएको हो । समुद्रमा रहेको यो देश आफ्नो सुन्दरताका कारण संसारभरका पर्यटकलाई आफूतिर आकर्षित गर्ने गर्दछ । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..