राष्ट्रपतिका लागि भण्डारी र राईको उम्मेदवारी, भण्डारीको जित निश्चित

काठमाडौ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि वाम गठबन्धनको तर्फबाट बर्तमान राष्ट्रपति विद्यादेवी भणडरी र कांग्रेसको तर्फबाट लक्ष्मी राईले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

राष्ट्रपति निर्वाचनको कार्यालय संघिय संसद भवन नयाँ बानेश्वर पुगी भण्डारी र राईले उम्मेद्वारी दर्ता गराउनुभएको हो । राष्ट्रपति भण्डारीको उम्मेदवारीको प्रस्तावकका रुपमा माधव नेपाल, भीम रावल, इश्वर पोखरेल, सुवास नेम्वाङ र ओनसरी घर्ती रहनुभएको छ भने समर्थकका रुपमा रामबहादुर थापा बादल, विष्णु पौडेल, गोकर्ण विष्ट, भानुभक्त ढकाल र रविन्द्र अधिकारी रहनुभएको छ ।

उम्मेद्वारी दर्तापछि सञ्चारकर्मीसंग कुरा गर्दे राष्ट्रपति भण्डारीले आफूले पदीय जिम्मेवारी अनुसारकै भूमिका निर्वाह गरिरहेको बताउनुभयो । आफुले पदीय धर्म भित्रै रहेर निर्णय गरेकी भन्दै उहाले कतिपय निर्णय बाहिर देखिए नहुने र सोचेर निर्णय लिनुपर्ने धारणा राख्नुभयो ।

त्यस्त काग्रेसबाट राष्ट्रपति पदमा उम्मेद्वारी दर्ता गराउनभएकी राईको प्रस्तावक चित्रलेखा यादव, मानबहादुर विश्वकर्मा, पार्वती डिसी चौधरी, देवेन्द्र राज कणेल, सुरेन्द्र राज पाण्डे रहनुभएको छ भने सुजता परियार, शिवचन्द्र चौधरी, सरिता प्रसाई, राधा घले, मेखलाल श्रेष्ठले समर्थन गर्नुभएको थियो । उम्मेदवारी दर्ता गरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै राईले पार्टीले उम्मेदवार बनाएकोले मैदानमा उत्रिएको भन्दै अंकगणित भन्ने कुरा एक मिनेटमै पनि बद्लिन सक्ने बताउनुभयो ।

राष्ट्रपतिको निर्वाचन फाल्गुन २९ गते हुदैछ । निर्वाचनमा संसद्का ३३४ मध्ये ३३१ ले मतदान गर्न पाउनेछन् । राष्ट्रियसभाका लागि राष्ट्रपतिबाट मनोनित तीन जना सदस्यलाई सर्वोच्च अदालतले शपथ गर्न रोक लगाएको कारण उनीहरूले मतदान गर्न पाउने छैनन् । त्यस्तै प्रदेशसभाका ५ सय ५० सदस्यमध्ये ५ सय ४९ जनाले मनदान गर्न पाउनेछन् ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..