कुन देशमा सहमतिमा शारीरिक सम्बन्ध राख्ने उमेर कति ? फ्रान्समा १५ वर्ष तय

फ्रान्सले आफ्नो मुलुकमा सहमतिमा शारीरिक सम्बन्ध कायम गर्ने न्युनतम उमेर १५ वर्ष गर्ने भएको छ। यसको अर्थ अब योभन्दा कम उमेरका व्यक्तिका साथ यौन सम्बन्ध कायम गर्नुलाई रेप मानिने छ।

फ्रान्समा लैगिक समानता सुनिश्चित गर्ने विभागका मन्त्री मार्लिन शियपाले यो निर्णयको स्वागत गरेका छन् । फ्रान्समा रहेको कानुनअन्तर्गत १५ वर्षभन्दा कम उमेरका व्यक्तिसँग यौनसँग सम्बन्धित यौनका मामिलालाई प्रहरीले रेपको आरोप लगाउनका लागि यसलाई जबरजस्ती कायम गरिएको यौन सम्बन्ध सावित गर्नुपर्ने हुन्छ।

हालै ११ वर्षीया किशोरीका साथ यौन सम्बन्ध कायम गरेको दुई वटा घटना चर्चा आएपछि यो परिवर्तन गरिएको हो । वर्तमान कानुनका अनुसार यदि हिंसा वा जबरजस्तीको कुनै प्रमाण प्राप्त नभए अपराधिमाथि केबल नावालिगका साथ यौन उत्पीडनको आरोप लाग्नेछ न त बलात्कारकै ।

यसका लागि पाँच वर्षको जेल सजाय र ६६ हजार पाउन्ड जरिवानाको प्रावधान छ।

सेक्सका लागि सहमति

बालिग र नाबालिगका साथ यौन उत्पीडनको मामिलामा एकै प्रकारको सजाय छ। तर बलात्कारको आरोप सावित भएको खण्डमा कडा सजाय हुन सक्दछ। आगामी साता यौन हिंसा र उत्पीडन रोक्नका लागि चालिने कदमअन्तर्गत सरकारले यो प्रस्ताव स्वीकृत गरेको हो ।

यौन सम्पर्कका लागि सहमति दिने उमेर १३ गर्ने कि १५ भन्ने विषयमा पनि बहस भएको थियो । मार्लिन शियपाले समाचार एजेन्सी एएफपीसँ भने–मलाई यो कुरामा खुसी लागेको छ कि सरकारले बढी उमेरको विकल्प चुन्यो । राष्ट्रपति इमैनुएल मैक्रोले पनि यो प्रस्तावको समर्थन गरेका छन्।

स्वास्थ्यमन्त्री एग्नेश बुजयानका अनुसार यौन सक्पर्कका लागि सहमति दिने न्युनतम उमेर तय गरेपछि सामूहिक जागरुकता बढ्नेछ र हरेकले बुझ्ने छन् कि के कानुनी हो र के गैरकानुनी ।

फ्रान्सका केही मुद्दा

गत वर्ष नोभेम्बरमा ३० वर्षका एक व्यक्तिमाथि बलात्कारको आरोपबाट मुक्त गरिएको थियो । अदालतले अभियुक्तले ११ वर्षकी पीडितका साथ जबरजस्ती वा हिंसा प्रयोग नगरेको बताएको थियो ।

एउटा अर्को मुद्दामा अदालतले २८ वर्षका अभियुक्तमाथि यौन हिंसा वा बलात्कार दुवैको मुद्दा नचल्ने बताएको थियो । यो मामिलामा पनि अदालतले पीडितलाई सेक्सका लागि जबरजस्ती नगरिएको बताएको थियो ।

यद्यपि पछि यही अदालतले आफ्नो फैसला उल्टाइदियो र भन्यो–अभियुक्तमाथि बलात्कारको मुद्दा चल्नेछ । भारतमा सेक्सका लागि सहमति दिने न्युनतम उमेर १८ वर्ष छ।

युरोपका अलगअलग मुलुकमा यौन सम्पर्कका लागि सहमति दिने न्युनतम उमेर अलगअलग छ। जस्तै अस्ट्रिया, जर्मनी, हंगेरी, इटाली र पोर्चुगलमा १४ वर्ष, ग्रीस,, पोल्याण्ड र स्वीडेनमा १५ वर्ष, बेल्जियम, नेदरल्याण्ड, स्पेन र रुसमा १६ वर्ष र साइप्रसमा १७ वर्ष छ ।

बेलायतमा सेक्सका लागि सहमति दिने न्युनतम उमेर १६ वर्ष छ । तर यस्ता विशेष प्रावधान छन् जसबाट यो सुनिश्चित गरिन्छ कि १३ वर्षभन्दा कम उमेरका बच्चालाई यौन सम्पर्कका लागि अनुमति दिन नसकियोस् । बीबीसी हिन्दी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..