छ लेनको सडकमा पनि एम्बुलेन्स नै पर्छ जाममा किन ?

काठमाडौ । तीनकुनेदेखि सूर्यविनायकसम्म ६ लेनको सडक सञ्चालनमा आएपछि ट्राफिक जाम कम हुने अपेक्षा गरिएको थियो ।

तर, भक्तपुरबाट कोटेश्वरसम्म आउने एक मात्र सडकमा अत्याधिक जाम हुँदा एम्बुलेन्स समेत जाममा पर्ने गरेका छन् ।

जडिबुटीदेखि कोटेश्वरसम्मको जाम छिचोल्न एम्बुलेन्सलाई समेत सास्ती हुने गरेको छ ।

एम्बुलेन्स साइरन बजाउँदा समेत ट्राफिक जामको कारणले बिरामीलाई समयमा अस्पताल पुर्याउन नसक्ने अवस्था जडिबुटी कोटेश्वर सडकमा देखिएको छ ।

तीनकुने सूर्यविनायक सडक छ लेनको भए पनि सडक लेनअनुसार सवारी साधन चल्दैनन् ।

कोटेश्वरबाट चक्रपथ जानुपर्ने सवारी साधन जडिबुटीमै रोकिन्छन् । आजको नेपाल समाचारपत्रमा खबर छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..