कस्ले झोस्यो श्रीलंकामा हिंसाको आगो ? यस्तो रहेछ मुख्य कारण

के हो पूरा घटना ?

४ मार्चका दिन कैन्डी जिल्लामा भएको एउटा हिंसक झडपमा दुई जनाको हत्या भयो र कयौ मस्जिद र घरहरुमा क्षति पुराइयो । त्यही घटनालाई आधार बनाएर राष्ट्रपति मैत्रीपाल सिरिसेनाले ६ मार्चबाट दश दिनका लागि संकटकालीन अवस्था घोषणा गरे ।

हिंहली बौद्ध समुदायले मुसलमान र उनीहरुका घर, पसलमा आक्रमण गरेपछि उत्पन्न अशान्तिका कारण मध्य श्रीलंकाको यो जिल्लामा कर्फ्यु लगाइयो ।

पुनः भएको झडपपछि सरकारले ७ मार्चमा पनि कर्फ्यु लगाइयो । स्थिति नियन्त्रणमा लिनका लागि केही सामाजिक सञ्जाल वेभसाइट र फोन म्यासेजिङ सेवा पनि प्रतिबन्धित गरियो ।

किन आयो यो अवस्था ?

गत साता मुस्लिम समुदायको भिडमा एक जना सिंहाली बौद्ध धर्मावलम्बीको मृत्युको खबर आएपछि चार मार्चका दिन केन्डी जिल्लामा हिंसक झडप भएको थियो । यो घटनापछि सिंहाली बौद्ध समुदायका नागरिकहरुले मुस्लिम समुदायको घर र पसलमा आक्रमण गरे।

जिल्लाका केही भागमा अशान्तिका कारण सरकारी स्कुल बन्द गरियो । साथै थप सैनिक परिचालन गरियो । सरकारले दूरसंचार नियमक, श्रीलंकाई दूरसंचार विनियामक आयोग (टीआरसीएसल)लाई व्हाट्सएप, ट्वीटर र भाइबरजस्ता सामाजिक सञ्जाल प्लेटफर्ममा निगरानी राख्न निर्देशन दियो ।

श्रीलंकाको जनसंख्या दुई करोड दश लाख करिब छ। जिल्लामा तीन चौथाई सिंहाली बौद्धमार्गी छन् । जबकि देशको कुल आवादीमा १० प्रतिशत मुसलमान छन्।

के छ प्रतिक्रिया ?

सन् २०१५ मा राष्ट्रपति निर्वाचनमा पराजित भएका श्रीलंकाका पूर्व राष्ट्रपति महिन्द्रा राजपक्षेले ‘राजनीतिक षड्यन्त्र’सम्बन्धी खबरको खण्डन गरे । उनका अनुसार संकटकालले यो दर्शाउँछ कि सरकार आफ्नो दायित्वबाट भड्केको छ।

यस्तै विपक्षी पार्टी जनता विभुक्ति पेरामुना पार्टीका नेता अनुरा कुमार दिसानायके भन्छन्–सरकारले. जनताको ज्वलन्त मुद्दा हल गर्न असफल रह्यो र यो प्रदशृन त सरकारका लागि बरदानजस्तै भएको छ। ताकि जनताको ध्यान अन्यत्र भड्काउन सकियोस् ।

यता सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्धलाई सही ठहर गर्दै यो साम्प्रदायिक दंगा रोक्न जरुरी छ । विकास नीति र आर्थिक मामिलासम्बन्धी उपमन्त्री डाक्टर हर्ष डी–सिल्भाले ट्वीट गर्दै भनेका छन्–फेसबुकमा घृणा फैलाउने कुरा बढेको छ। नागरिकहरुको जीवन बचाउनका लागि सरकारले कारबाही गर्नुपर्नेछ ।

श्रीलंकाको दूरसंचार वेभसाइटका अनुसार आयोगका प्रवक्ता अदा देरानाले भने–रक्षा मन्त्रालयले विनियामक आयोगसँग अनुरोध गरेको थियो तीन मानिसहरुको पहिचान गरियोस, जो कैन्डी जिल्लामा सामाजिक सञ्जालमा घृणा फैलाउन र गलत खबर फैलाइरहेका छन्।

श्रीलंकामा भएको हिंसक घटनाबारे त्रि क्रिकेटर माहेला जयाबर्धनेले ट्वीट गरेका छन्–म हिंसाको निन्दा गर्दछु । पीडितलाई जाति, धर्म र मान्यताहरु इतर न्याय प्राप्त हुनुपर्छ । म गृहयुद्धका क्रममा बढेहुर्केको हुँ, जुन २५ वर्षसम्म चलेको थियो । म चाहँदिन कि आउँदो पिढी यसप्रकारको अवस्थाबाट गुज्रनु परोस् ।

यसैबीच अमेरिका, बेलायत र अस्ट्रेलियाले आफ्ना नागरिकलाई श्रीलंका नजान अपिल जारी गरेका छन् ।

अब के हुनेछ ?

सामाजिक उत्थान मन्त्ती दिसानायकेले भने कि दश दिनपछि राष्ट्रपतिले आपतकालीन अवस्था अघि बढाउने कि नबढाउने भन्ने विषयमा निर्णय लिने बताए । उनले आपतकालीन अवस्था थप गर्नका लागि संसदको अनुमति लिनु आवश्यक हुन्छ । बीबीसी हिन्दी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..