थाहा पाइराख्नुस्, यस्ता बानीले तपाईको यौन उत्तेजना नष्ट गर्नेछ

हामी सबै चाहन्छौ कि हाम्रो सम्बन्धमा जोश, उन्माद र उत्तेजना कायम रहोस् । कतिपयले यसलाई प्राप्त गर्नका लागि निकै मेहनत पनि गर्दछन् ।तर, हाम्रा कतिपय गलत बानीहरुका कारण पार्टनरसँग सेक्ससँग सम्बन्धित उत्तेजना नष्ट हुने गर्दछ । र, निकटता विकटतामा परिवर्तन हुने गर्दछ ।

यदि तपाई आफ्नो ओछ्यानमा एक्लै सुतिरहेको भएको छ भने मन लागेको जेसुकै गर्न सक्नु हुन्छ । तर जब तपाई पार्टनरका साथ बेड शेयर गर्नुहुन्छ तब तपाईले अन्य कुराको ध्यान पनि राख्नुपर्ने हुन्छ ।यस्तो अवस्थमा यदि दुईमध्ये एक जनामा घुर्ने बानी छ भने स्पष्ट छ अर्को पार्टनर यसबाट समस्यामा पर्नेछ । उन अर्कै कोठामा जान समतेत बाध्य हुनेछ र निकटताका साथसाथै पैशन पनि अन्त्य हुन्छ।

एउटा वयस्क भएका नेताले पनि यो बताउनु आवश्यक छैन कि पर्सनल आइजीनको ध्यान राख्नु कति आवश्यक छ। यसका बावजुद कतिले यस्ता पार्टनर झेल्नुपर्ने हुन्छ जो साफसफाईमा ध्यान दिँदैनन्, जसको शरीरबाट दुर्गन्ध आउँछ। यो पनि एउटा बानी नै हो, जुन पार्टनरको उत्तेजना अन्त्य गरिदिन्छ ।

यदि तपाई कार्यालयमा बढी समयसम्म काम गर्नुहुन्छ वा कार्यालयको काम पनि घर ल्याउनु हुन्छ भने यसबाट पनि स्पष्ट छ, तपाईको बोस त भलै खुसी होला तर तपाईको यो बानीले तपाईको यौन जीवनमा विपरीत असर पार्नेछ । कामसँग सम्बन्धित स्ट्रेसका कारण तपाईको कामेच्छा कम हुन्छ, जसका कारण यौनप्रति तपाईको रुची घट्न थाल्दछ।

पार्टनरका साथ कुनै समय एक बोतल वाइन शेयर गर्दा केही पनि बिग्रदैन । तर तपाई हरेक रात कयौ बोतर मदिरा सेवन गर्नुहुन्छ भने तपाईको यही बानीका कारण तपाईको स्वास्थ्यमा मात्र होइन, तपाईको यौन जीवनमा पनि नराम्रो असर पर्नेछ । बढी मदिरा सेवन गर्दा यौन क्षमतामा कमी आउने गर्दछ ।

पछिल्लो समय मानिसहरु सामाजिक सञ्जाल प्रयोग गर्दछन् । यो खासै नराम्रो कुरा पनि होइन । तर यदि तपाई आवश्यकताभन्दा लामो समय अनलाइन र सामाजिक सञ्जालमा बताउनु हुन्छ भने विशेषगरी त्यतिबेला जतिबेला पार्टनर नपाईका सामु होस, तपाईको ध्यान त्यता हुँदैन यसबाट तपाईको सम्बन्धमा नराम्रो असर पर्ने निश्चित छ।

पछिल्लो समय जोडीहरु र उनीहरुको सम्बन्धमा सबैभन्दा ठुलो बाधा बनिरहेको छ स्ट्रेस अर्थात तनाव । चाहे यो तनाव व्यक्तिगत कारणबाट होस वा कामसँग सम्बन्धित विषयका कारण । जहाँसम्म सम्भ्व छ, तपाई आफ्नो स्ट्रेस म्यानेज गर्न सिक्नुस् अन्यथा यसले तपाईको सम्बन्धलाई प्रभावित पार्नेछ । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..