उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति ट्रम्पबीच वार्ता हुने, अन्त्य होला परमाणु कार्यक्रम ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उत्तर कोरियाका नेता किम जोंग उनसँग वार्ता गर्न राजी भएका छन् ।

दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा सल्लाहकार चुंग इयु–योंगले व्हाइट हाउसमा भने कि मेमा ट्रम्प र किम जोंग उनबीच भेटवार्ता हुनेछ । चुंगले भने कि किमले भविष्यमा परमाणु बम र मिसाइल परीक्षणा गर्ने आश्वासन पनि दिएका छन् ।

यो घोषणा एक दक्षिण कोरियाली प्रतिनिधिमण्डलले यही साता उत्तर कोरियाका नेताका साथ गरेको भेटवार्तापछि गरिएको हो ।

एउटा पत्रकार सम्मेलनमा दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लहकाले भने–हामीले राष्ट्रपति ट्रम्पलाई बतायौ कि भेटवार्ताका क्रममा किम जोंग उनले आफूहरु परमाणु बम निःसशस्त्रीकरणका लागि प्रतिवद्ध छौ । राष्ट्रपति ट्रमले यो जानकारीको जवाफमा उनी मेसम्म कि जोंग उनसँग भेट गरेर स्थायी परमाणु निःसस्त्रीकरण हासिल गर्न चाहन्छन् ।

उत्तर र दक्षिण कोरियबीच विन्टर ओलम्पिकपछि सम्बन्ध सुधार हुँदै आएको छ। यता उत्तर कोरियाको परमाणु कार्यक्रमविरुद्ध भने अमेरिकाले कडा प्रतिबन्ध लगाउँदै आएको छ। बीबीसी हिन्दी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..