सबैले थाहा पाउनैपर्ने कुराः किड्नीका बारेमा तपाईलाई थाहा छ यी १२ तथ्य ?

किड्नी मानव शरीरको महत्वपूर्ण अंग हो । पछिल्लो समय विभिन्न कारणले किड्नीको समस्या बढ्दो छ। त्यसैले किड्नीका बारेमा नियमित जाँच र यसका बारेमा जानकारी राख्नु जरुरी रहेको चिकित्सकहरु बताउँछन् । यहाँ पनि किड्नीका बारेमा केही तथ्य प्रस्तुत गरिएको छ।

१. एक जना वयस्क मानिसको किड्नीको भार १४२ ग्रामको हुन्छ । यो मानिसको मुठ्ठी बराबरको हुन्छ ।

२.अहिलेसम्म सबैभन्दा ठुलो पत्थरी १.१ किलोग्रामको पाइएको छ।

३. यदि कुनै बच्चा एउटा किड्नीका साथ जन्मिएको छ भने यसको दोस्रो किड्नीको साइज दुई किड्नी बराबरको हुन्छ । किड्नी दाहिनेको तुलनामा सानो हुन्छ ।

४. दाहिने किड्नी, लिभर (कलेजो)को ठिक तल हुन्छ र मानिसको आन्तरिक अंगमा सबैभन्दा ठुलो हुन्छ । बायाँतर्फको किड्नी दाहिनेको तुलनामा केही सानो हुन्छ ।

५. किड्नीमा m१.१५ मिलियन कोशिकाहरु हुन्छ । यसलाई नेफ्रान भनिन्छ । यदि यसलाई जोडेर धागो बनाउने हो भने त्यो ८ किलोमिटर लामो हुन्छ ।

६. किड्नीले एक दिनमा ४ सयपटक रगत सफा गर्दछ ।

७. यदि मानव शरीरमा जब ब्लड प्रेसरको कमी हुन्छ तब किड्नीले रक्त धमनीहरु खुम्चेको संदेशन दिने गर्दछ ।

८. मानिसको एउटा किड्नी यदि ७५ प्रतिशत पनि ठिक छ भने उक्त व्यक्ति स्वस्थ जीवन आरामसँग बाँच्न सक्दछ ।

९. किड्नीले हरेक मिनेट १.३ लिटर रगतको सफाइ गर्दछ ।

१०. पत्थरीको सबैभन्दा ठुलो कारण पर्याप्त मात्रामा पानी नपिउनु नै हो ।

११. शरीरमा पूरा रगतको २५ प्रतिशत मात्रा मुटुबाट किड्नीमा जाने गर्दछ ।

१२. किड्नी ट्रान्सप्लान्टका क्रममा नयाँ किड्नीलाई तपाईको पेल्भिसमा राख्नु पर्दछ । पूरानो किड्नीलाई हटाउनु आवश्यक पर्दैन । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..