बर्दियाको वडा कार्यालयमा वम विस्फोट ,विस्फोटको जिम्मा नेकपाले लियो

बर्दिया । बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ९ को वडा कार्यालयमा बम विस्फोट भएको छ ।

गएराती भएको सो वम विस्फोट बाट कुनै मानविय र भौतिक क्ष्ँेति नभएको प्रहरीले बताएको छ । कार्यालयको बाहिरी भागमा सो बम विस्फोट भएको हो । केहि दिन अघि मधुवन नगरपालिकाको उपमेयर वस्ने कार्यकक्षको वाहिरी पटटी बम विस्फोट भएको थियो ।

बर्दिया प्रहरीले यी दुवै घटनामा विप्लप समुहको हात हुन सक्ने बताएको छ । वडा कार्यालयमा वम विस्फोट भए लगत्तै स्थानियवासीहरु त्रसिद बनेका छन । भारत संग सीमा जोडीएको सो वडा कार्यालयमा बम विस्फोट भएलगत्तै नजिकै सीमापारी रहेको भारतिय एसएसवीले सीमाक्ष्ँेत्रमा वाक्लो गस्ती बढाएको छ । यसै विच नेकपा बर्दियाले सो विस्फोटको जिम्मा लिएको छ ।

नेकपा विप्लप समुहका जिल्ला सयोजकले नाम नछाप्ने सर्तमा राहत वितरणमा अनियमितता भएको भन्दै चेतावनी स्वरुप सो विस्फाट गराइएको नेकपाले फोन मार्फत जानकारी दिएको हो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..