तलब बढेको विरोधमा डाक्टर आन्दोलनमा उत्रेपछि….कारण यस्तो रहेछ

तपाईले नेपालमा स्वतः स्थायी हुनुपर्ने, स्वतः जागिर पाउनुपर्ने वा पटकपटक सेवा सुविधा बढाउनुपर्ने मागसहित भएका धेरै आन्दोलन देख्नु, सुन्नु भएको होला । आफै यस्ता आन्दोलनमा पनि सहभागी हुनु भएको होला ।

तर, क्यानडामा भने ठिक यसविपरीत भएको छ। त्यहाँका ५ सय डाक्टरको एउटा समूहले आफ्नो तलब वृद्धि गरेको विरोधमा उत्रिएका छन् । वाशिङ्गटन पोस्टको समाचारअनुसार ती ५ सय डाक्टरको समूहले अनलाइन याचिकासमेत दायर गरेका छन्, जसमा बढेको तलवको विरोध गरिएको छ।

आन्दोलनमा उत्रिएका डाक्टरहरुका अनुसार उनीहरुले पहिला नै पर्याप्त पारिश्रमिक पाइरहेका थिए । यी डाक्टरहरु क्यानडाको क्युबिक प्रान्तमा काम गर्दछन् । अनलाइन दायर याचिकामा लेखिएको छ–हामी क्युबिकका डाक्टर हाम्रो मेडिकल फेडरेशनद्वारा वृद्धि गरिएको हाम्रो पारिश्रमिकको विरोध गर्दछौ ।

डाक्टरहरुले उक्त रकम स्वास्थ्य सेवाको गुणस्तर राम्रो बनाउन प्रयोग गर्न माग गरेका छन् ।

यस्तो छ कारण

डाक्टरहरुले अनलाइन याचिकामा विरोध गर्नुको कारण पनि बताएका छन् । जसमा लेखिएको छ कि डाक्टरहरुका साथ काम गर्ने स्टाफहरुको स्थिति ठिक छैन, विरामी पनि खुसी छैनन्, यस्तोमा हाम्रो तलब बढाउनु हामीलाई उचित लागेन ।

स्मरणरहोस, क्यानडाका नर्सहरु काम गर्ने समयका विषयमा गुनासो गरिरहेका छन् । याचिकामा लेखिएको छ–यदि हाम्रा साथी खुस भए, उपचारका लागि आउने विरामी सन्तुष्ट भए भने त्यो हाम्रा लागि राम्रो हुनेछ, यो खुसी पैसा बढेर पाउन सकिँदैन ।

डाक्टरहरुको प्रदर्शनप्रति त्यहाँको स्वास्थ्य मन्त्रालयले प्रतिक्रिया पनि जनाएको छ। स्वास्थ्यमन्त्री गेटन बारेटेले भनेका छन् कि यदि डाक्टरहरुलाई लाग्छ कि साँच्चिकै उनीहरुले बढी पैसा पाइरहेका छन्, त्यसो हो भने उनीहरुले बढेको तलब नलिन सक्छन् । बारेटेले भने–म प्रतिवद्धता व्यक्त गर्दछु कि उक्त पैसा राम्रो काममा उपयोग गरिनेछ ।

मन्त्रीले यसो पनि भनेका छन् कि मन्त्रालयसँग आवश्यक कामका लागि पैसा छ, तर फिजुल खर्चका लागि मनग्ये पैसा पनि छैन ।एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..