यस्तो छ जन्म र मृत्युको विज्ञान, यसरी अघि बढ्छ मृत्युतर्फ शरीर ?

मानिसको जन्मपछि मृत्यु सुनिश्चित छ । तर, कहाँ, कहिले र कसरी ? भन्ने कुरा भने मानवको पहुँचबाहिरको कुरा हो । मृत्यु के हो र मानिस किन मर्छन्, मानिसहरु यो प्रश्नको उत्तर हजारौ वर्षदेखि खोजिरहेको छ। तैपनि उत्तमर प्राप्त हुन सकेको छैन । त्यसो भए विज्ञानले मृत्यु र यसको प्रक्रियाबारे के भन्छ त ?

विकासदेखि विघटनसम्म

३० वर्षको उमेरमा मानिसको शरीरमा ठहराव आउन लाग्दछ । ३५ वर्ष वरपर पुगेपछि मानिसहरुलाई लाग्दछ कि शरीर अब केही गडबड गर्न लागिरहेछ । ३० वर्षपछि हरेक देशक हड्डीहरुको द्रव्यमान एक प्रतिशतले कम हुन लाग्दछ।

भित्रभित्रै सकिन्छ जीवन

३० देखि ८० वर्षको उमेरबीच मानिसले शरीर ४० प्रतिशत मांसपेशीहरु गुमाउन पुग्दछ। जुन मांसपेशीहरु बच्दछ, त्यो पनि कमजोर हुन्छ । शरीरमा लचक कम हुँदै जान्छ ।

कोशिकाहरुको बद्लिदो संसार

जीवित प्राणीहरुमा कोशिकाहरु हरेक समय विभाजित भएर नयाँ कोशिकाहरु बनिरहन्छन् । यही कारण हो कि बाल्यकालदेखि जवानीसम्म शरीरको विकास भइरहन्छ । तर उमेर बढ्दै जाँदा कोशिकाहरुको विभाजनमा गडबडी उत्पन्न हुन थाल्दछ । मानिसभित्रको डीएनए क्षतिग्रस्त हुँदै जान्छ र नयाँ कमजोर वा रोगी कोशिकाहरु उत्पन्न हुन्छ ।

रोगको जन्म

गडबड भएको डीएनएवाला कोशिकाहरुमा क्यान्सर वा अन्य रोगहरु उत्पन्न हुन्छ । हाम्रो रोग प्रतिरोधी क्षमतातन्त्रलाई यसबारे जानकारी हुन्छ । किनभने उसले यो विकासलाई प्राकृतिक मान्दछ । विस्तारै विस्तारै यही गडबडीहरु प्राणघातक सावित हुन्छ ।

लापरबाहीले बढ्दो खतरा

आरामपूर्ण जीवनशैलीका साथ अघि बढ्ने क्रममा शरीरले मांशपेसीहरु विकसित गर्नुको साटो आवश्यकताभन्दा बढी बोसो जम्मा गर्न लाग्दछ । बोसो बढी भएपछि शरीरलाई लाग्दछ कि ऊर्जाको प्रयाप्त भण्डारण मौजुद छ, तसर्थ शरीरभित्र हर्मोन्ससम्बन्धी परिवर्तन आउन लाग्दछ र यसैले रोगको जन्म दिन्छ ।

शट डाउन

प्राकृतिक मृत्यु शरीरको शट डाउनको प्रक्रिया हो । मृत्युभन्दा ठिक अगाडि कयौ अंगले काम गर्न बन्द गरिदिन्छ । आमरुपमा स्वासमा यसको सबैभन्दा चाँडो असर पर्दछ । स्थिति जब नियन्त्रणभन्दा बाहिर हुन लाग्दछ तब दिमागमा गडबडी सुरु हुन थाल्दछ ।

अन्ततः मृत्यु

स्वस बन्द भएको केहीबेरमै मुटुले काम गर्न बन्द गर्दछ । धडकन बन्द भएको करिब ४ देखि ६ मिनेटमा मस्तिष्क अक्सिजनका लागि छटपटाउन लाग्दछ । अक्सिजनको अभावमा मस्तिष्कका कोशिकाहरु मर्न लाग्दछन् । मेडिकल साइन्समा यसलाई प्राकृतिक मृत्यु वा प्वाइन्ट अफ नो रिटर्न भनिन्छ ।

मृत्युपछि…

मृत्युपछि हरेक घण्टा शरीरको तापमान १.५ डिग्री सेल्सियसका दरले घट्न थाल्दछ । शरीरमा मौजुद रगत केही स्थानमा जम्मा हुन थाल्छ र शरीर रोकिन्छ ।

विघटन सुरु

छालाका कोशिकाहरुको मृत्युपछि २४ घण्टापछि सम्म जीवित रहन सक्दछ । आन्द्रामा रहेका ब्याक्टेरिया पनि जीवित रहन्छ ।यसले शरीरको प्राकृतिक तत्वमा तोड्न लाग्दछन् ।

बच्न होइन, लम्ब्याउन सम्भव

मृत्युबाट भाग्न सम्भव छैन । यो निश्चित नै छ। तर शरीरलाई स्वस्थ राखेर यो खतरालाई लामो समयसम्म टाढा राख्न सकिन्छ । वैज्ञानिकहरुका अनुसार पर्याप्त पानी पिउनु, शारीरिक रुपबाट सक्रिय रहनु, राम्रो खानपान र राम्रो निद्रा यो लाभदायक तरिका हो । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..