यी पाँच कारणले सम्बन्धहरु टुट्ने गर्दछन्, यस्ता काम नगरे सम्बन्ध समधुर बन्छ

कुनै पनि सम्बन्धको जग प्रेम, विश्वास र सम्मानमा अडिएको हुन्छ । सम्बन्धको आवश्यकता बुझेर यसप्रति जिम्मेवारी निर्वाह गर्नु हरेक पार्टनरको कर्तव्य हुन्छ । तर केही बानी यस्ता पनि हुन्छन् जसका कारण सम्बन्धमा दरार उत्पन्न हुने गर्दछ । त्यसमध्ये यी पाँच कारण छन्, जसले सम्बन्धलाई अन्त्युष्टिको मार्गमा अघि बढाउने गर्दछः

१. जहाँ माया छ, त्यहाँ सानातिना झैझगडा पनि हुन्छ । जहाँ सहमति हुन्छ, त्यहाँ असहमति पनि हुने गर्दछ। यदि तपाई दुवै जनाको सम्बन्धमा कुनै समस्या आरहेको छ भने बसेर कुरा गर्नुस्, तत्काल समाधान गर्ने कोशिस गर्नुस् । कुरालाई मनभित्र दबाएर राख्नु घातक सावित हुन सक्दछ।

२. जब कुनै बेला पाटर्नरका साथ झैझगडा हुन्छ तब पूराना कुरा स्मरण गरेर आगोमा घ्यु नथप्नुस् । जे कुरा भइसक्यो, त्यसमा ध्यान दिनुको साटो भोलिलाई राम्रो बनाउने प्रयास गर्नुस्। कुनै पनि पार्टनर आफैमा राम्रो र नराम्रो हुँदैन । उसको हर्कत नराम्रो हुन सक्दछ । र, यदि दुवैबीच प्रेम छ भने बानी र हर्कतहरु परिवर्तन गर्न सकिन्छ । तर पूराना कुरालाई विषय बनाउँदा पार्टनरको मनमा चोट पुग्न सक्दछ।

३. पार्टनरका साथ तपाईको सम्बन्ध निकै व्यक्तिगत मामिला हुन्छ । यो कुरा कसैसँग शेयर नगरेकै राम्रो । कतिपय अवस्थामा त हामी पार्टनरका साथ भएको झगडाका बारेमा साथीहरुलाई बताउन थाल्छौ । यसबाट सम्बन्ध झनै बिग्रन सक्छ र विश्वास कम हुन थाल्छ । त्यसैले व्यक्तिगत मामिला जुतिसुकै खराब होस्, त्यसलाई सार्वजनिक हुन दिनबाट बच्नुस् । किनभने भोलि यदि तपाईको सम्बन्ध पार्टनरसँग सुध्रन्छ । त्यतिबेला तपाईले भनेका कुराले तपाईलाई नै लज्जाबोध गराउनेछ।

४. कसैसँग कसैको तुलना गर्नु कसैलाई पनि मन पर्दैन । कतिपय अवस्थामा हामी भुलबस नै भए पनि आफ्नो पूरानो प्रेमका आधारमा पार्टनरको तुलना गर्दछौ । उसँग तुलना गर्न थाल्दछौ । यो कदापि सही होइन । तपाईले बुझ्नुपर्नेछ कि हरेक व्यक्ति अलग हुन्छ र सम्बन्धमा धेरथोर सम्झौता गर्नै पर्दछ।

५. सम्बन्धमा अक्सर कुनै पार्टनरको स्वभाव बोसको जस्तो हुने गर्दछ । जुन ठिक होइन । यसका साथै हरेक कुरामा रोकटोक र सल्लाह दिनबाट पनि बचेकै राम्रो । पार्टनरको पनि एउटा निजी जिन्दगी हुन्छ, जसको सम्मान गर्नु जरुरी हुन्छ । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..