लौ आयो फेक न्युजसम्बन्धी अहिलेसम्मकै ठुलो अध्ययन, यसरी फैलन रहेछ फेक न्युज

झुटको खुट्टा हुँदैन, यो पुरानो भनाइ हो । तर सामाजिक सञ्जालमा झटको पङ्खा हुन्छ । ‘फेक न्युज’ मा भएको अहिलेसम्मको सबैभन्दा ठुलो अध्ययनपछि वैज्ञानिकहरुका अनुसार झुटो खबर निकै तिब्र गतिबाट र निकै टाढासम्म फैलन्छ, यो हदसम्म कि वास्तविक खबर यसका अगाडि टिक्नै पाउँदैन ।

विगत १० वर्षमा अंग्रेजीमा गरिएको ३० लाख जनाको सवा लाखभन्दा अधिक ट्वीट्सको गहन अध्ययन गरिएपछि वैज्ञानिकरुले भनेका छन् कि झुटो र फर्जी खबरमा तिब्रताका साथ फैलने शक्ति हुन्छ ।

प्रतिष्ठित पत्रिका साइन्सका प्रकाशित यो रिपोर्ट मात्र ट्वीटरमा फैलने झुटमा केन्द्रित छ । तर वैज्ञानिकहरुका अनुसार यो हरेक सामाजिक सञ्जाल प्लेटफर्ममा लागु हुन्छ, चाहे त्यो फेसबुक होस वा युट्युब ।

यो अध्ययनको अगुवाई गर्ने मैसाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलजीका डाटा साइनन्टिस्ट सोरोश वोशोगी भन्छन्–हाम्रो शोधबाट विल्कुल स्पष्ट हुन्छ कि यस्तो केबल बाट्स गरिरहेका छैनन्, यो मानव स्वभावको कमजोरी पनि हो कि उनीहरु यस्तो सामग्रीलाई फैलाउँछन्।

उनको भनाइको अर्थ यो हो कि अफवाह फैलाउन वा त्यसमा विश्वास गर्न सहज मानवीय स्वभावको हिस्सा हो । सामाजिक सञ्जालले उनीहरुलाई नयाँ मञ्च उपलव्ध गराएको छ।

साइन्स पत्रिकाले यो शोधका साथै एउटा लेख छापेको छ, जुन १६ जना प्रख्यात राजनीतिशास्त्रीले मिलेर लेखेका हुन् । जसमा उनीहरुले भनेका छन्–२१औं शताब्दीको खबरको बजारमा नयाँ व्यवस्था आवश्यक छ। तर त्यो व्यवस्था के हो, जसमा झुटको बोलवालाको स्थानमा वास्तविकताले प्रोत्साहन पाओस्।

सोरोश वोशोगी भन्छन् कि यस्तो कुनै व्इवस्था बनाउन सहज हुने छैन, उनको भनाइ छ कि झुटो खबर, साँचो खबरको तुलनामा ६ गुना तिब्रताका साथ फैलन्छ । व्यापार, आतंकवाद, युद्ध, साइन्स, टेक्नोलजीका झुटा खबर खुब चल्छ, तर राजनीतिसँग सम्बन्धित फर्जी खबर सबैभन्दा सजिलै ट्रेन्डमा आउँछ ।

किन विशेष छ यो अध्ययन ?

पहिला पनि फेक न्युजमा अध्ययन भएको छ। तर त्यो विशेष घटनामा कन्द्रित छ । उदाहरणका रुपमा कुनै बम विष्फोट वा प्राकृतिक विपदका बारेमा । तर ताजा अध्ययन पूरा एक दशकमा, संसारका अनेक देशहरुमा २००६ देखि २०१६ बिच अंग्रेजीमा गरिएका ट्वीटमा आधारित छ। त्यस हिसावबाट यो निकै नै व्यापक शोध हो ।

यो शोधका लागि वैज्ञानिकहरुले एउटा विशोष ‘अल्गोरिदम’ बनाए, हजारौ–लाखौ ट्वीट्सको सागरबाट त्यस्ता पोस्टलाई छाँटे जुन सही र तथ्यफरक होस, यसो गर्नका लागि तीन मानकको प्रयोग गरियो–पहिलो यो कि पहिलोपटक ट्वीट गर्ने को थियो ? यसमा यो हेरियो कि उक्त व्यक्ति कति विश्वसनीय छ, के उसको एकाउन्ट भेरिफाइड छ ? दोस्रो त्यसमा कस्तो भाषा प्रयोग गरिएको छ, किनभने विश्वसनीय मानिसहरु शुद्ध र प्रभावकारी भाषामा लेख्छन् । तेस्रो मानक यो थियो कि कसरी मानिसहरु त्यसलाई ट्वीट गरिरहेका छन्, विश्वसनीय मानिसहरु फर्जी ट्वीटबाट बच्छन् ।

सत्यलाई परिभाषित गर्नु, त्यसको जाँच गर्नु आफैमा कठिन काम थियो, अध्ययनकर्ताहरुले यसका लागि फ्याक्ट चेक गर्ने कयौ साइटको सहयोग लिए, जसमा स्नोप्स, पोलिटिकफ्याक्ट र फ्याक्ट चेक पनि समावेश छ। यी साइटहरुको सहयोगमा उनीहरुले सन् २००६ देखि २०१६ बीचका सयौ यस्ता ट्वीट निकाले जुन फर्जी थियो । यसपछि उनीहरुले ग्निपको सर्च इन्जिनको प्रयोग गरेर यो पत्ता लगाए कि फेक न्युज कसरी कसरी फैलियो ।

यसरी उनीहरुले १ लाख २६ हजार ट्वीट निकाले, जसलाई ४५ लाखपटक रिट्वीट गरिएको थियो । यसमा केहीमा दोस्रो साइटको फर्जी खबरका लिंक थिए, केहीमा मानिसहरुले लिंकबिनाको झुट बोलिरहेका थिए र ेकहीमा मीमको प्रयोग गरिएको थियो । यसका साथै विश्वसनीय संस्थाहरुको वास्तविक खबर फैलिएको पनि अध्ययन गरियो ।

शोधकर्ताहरुले पाए कि फेक न्युज अधिक मानिससम्म पुग्दछ र साथै बढी ठुलो दायरामा फैलन्छ । उदाहरणका रुपमा विश्वसनीय समाचार एउटा सीमित वर्गमै जान्छ, जबकि फेक न्युज हरेक प्रकारमा मानिससम्म पुग्दछ, वैज्ञानिकहरुले पाए कि फेक न्युज रिट्वीट हुने गति र व्यापकताका मामिला पनि भारी पर्दछ ।

उदाहरणका रुपमा न्युयोर्क टाइम्सको एउटा समाचार पटकपटक एक हजार मानिससम्म पुग्दछ, त्यसपछि त्यो अगाडि जाने रफ्तार कम हुन लाग्छ, तर फेक न्युज पहिला कुनै विश्वसनीय व्यक्तिबाट सुरु हुन्छ र यो ससाना समूहमा शेयर हुँदै अगाडि जान्छ र केही समयपपिछ वास्तविक खबरको बराबर अगाडि बढेर त्यसमाथि हावी हुन्छ ।

यो रुझानलाई बुझ्नका लागि शोधकर्ताहरुले कयौ उदाहरण दिए । एउटा खबर आएको थियो कि ट्रम्पले एउटा विरामी बच्चाको सहयोगका लागि आफ्नो निजी विमान दिएका थिए, यो सही खबर थियो तर यसलाई मात्र १३०० जनाले रिट्वीट गरे । दोस्रोतर्फ एउटा खबर आयो कि ट्रम्पले एक जना नातेदारले मर्नुअघि आफ्नो मन्जुरीनामामा लेखेका छन् कि ट्रम्पलाई राष्ट्रपति नबन्नु राम्रो । यस्तो कुनै नातेदार छँदै थिएनन्, र खबर फर्जी थियो तर यसर्ला ३८ हजार मानिसले रिट्वीट गरे ।

अध्ययन गर्नेहरुका अनुसार फेक न्युज एउटा गम्भीर समस्या हो र यसको सामना गर्ने तरिकामा पूरा संसारभरका अग्रणी संगठनहरुले ध्यान दिनुपर्नेछ । र अगाडि कुनै सिधा र सजिलो बाटो छैन । बीबीसी हिन्दी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..