शवगृहमा राखिएको शव अचानक ब्युँतिएपछि…

भारतको मध्यप्रदेशको छिन्दवाटा जिल्ला अस्पतालमा मृत ठानेर शवगृहमा राखिएको एक जना युवक अचानक ब्युँतेका छन् ।

युवक सडक दुर्घटनामा घाइते भएका थिए । उनको उपचार अब नागपुरमा भइरहेको छ। पर्यटन निगमको पर्यटक लोभ्याउनका लागि बनाइएको विज्ञापन ‘एमपी अजब छ, सबैभन्दा गज्जब छ’ भन्ने भनाइको नमूना यो अस्पतालमा देखिएको छ।

यो घटनाले मध्य प्रदेश र सिंगो भारतका सरकारी अस्पतालहरुको वास्तविकता एकपटक पुनः उजागर गरिदिएको छ।

जिल्ला चिकित्सालयका चिकित्सा अधिकारी डाक्टर सुशील दुबेले भारतीय सञ्चार माध्यमहरुलाई बताएअनुसार प्रोफेसर कोलोनी निवासी नीलांशु भारद्वारा सडक दुर्घटनामा घाइते भएका थिए । उनलाई गम्भीर अवस्थामा अस्पताल भर्ना गराइएको थियो । जहाँ चिकित्सकहरुले ‘ब्रेन डेथ’ घोषित गरिदिए । उनको नाडी र मुटुको धडकन बन्द थियो ।

डा. दुबेका अनुसार जब चिकित्सकहरुले परीक्षण गरे तब उसको मृत्यु भइसकेको थियो । तब युवकको शव शवगृहमा पठाइयो । त्यहाँ मृतकका परिवारजनले शवमा केही हर्कत भइरहेको देखे। उनीहरु शव लिएर तत्काल नागपुर गए ।चिकित्सकहरुका अनुसार नीलांशुको दिमाग करिब ८० प्रतिशत मृत भइसकेको छ। नागपुर अस्पतालमा उसको उपचार जारी छ। एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..