वकिलले नै भने – ‘कारको ८ लाख कर बुद्ध लामाले होइन, एपि वनले नै तिर्नुपर्छ, एपि वनले गलत गर्यो’

नेपाल आइडलका बिजेता बुद्ध लामाले अहिले सम्म पुरस्कार नपाएको भन्दै एउटा अडियो सार्वजनिक भएपछी अहिले सामाजिक संजाल नराम्ररी तातेको छ । बुद्धको अडियो सार्वजनिक भएपछी नेपाल आइडलको आयोजक एपि वन टेलिभिजनले बुद्ध लाई दिइएको कार को नेपाल सरकारलाई बुझाउनु पर्ने कर बुद्ध स्यमंले तिर्नुपर्ने आशयको जवाफ पनि दिइसकेको छ । अब पुरस्कार स्वरुप पाएको सामानको कर पुरस्कार दिनेले तिर्ने हो कि पुरस्कार लिनेले तिर्ने हो ?

भन्ने बिषय नै मुख्य भयो । यसबारेमा यहाँ नानाथरी तर्क गरेर बस्नुभन्दा कानुनमा के ब्यबस्था छ भनेर खोज्नु नै उचित हुन्छ । त्यसैले यस बिषयमा कानुनले के भनेको छ भन्ने बिषयमा नेपालका चर्चित अधिबक्ता सुरेन्द्र थापा मगर संग एउटा बिशेष अन्तरवार्ता गरीएको छ । उनका अनुसार कानुनमा पुरस्कार पाउने ब्यक्तिले नै उक्त पुरस्कारको कर सरकारलाई तिर्नुपर्ने ब्यबस्था छ ।

यसको मतलब कारको कर बुद्ध ले तिर्नुपर्छ । तर उनले कारको कर बुद्धले तिर्नुपर्ने भनेर बताएनन । उनले त उक्त कारको कर एपि वन टेलिभिजनले तिर्नुपर्ने बताएका छन । कानुनमा एउटा प्राबधान हुदा हुदै पनि एउटा वकिलले किन एपि वन ले नै उक्त पुरस्कारको कर तिर्नु पर्ने किन बताए ? यो बिषय निकै महत्वपुर्ण छ । यो सनसनी पुर्ण अन्तरवार्ता हेर्नुहोस :

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..