आज पनि केही स्थानमा पानी पर्ने, पश्चिमी र पूर्वी पहाडी क्षेत्रमा चट्याङ पर्नसक्ने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले मनसुको न्यून चापीय रेखा औसत स्थानमा रहेको जनाएको छ । साथै भारतको उत्तर प्रदेश आसपास न्यून चापीय प्रणाली रहेको महाशाखाको भनाइ छ ।

महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली भइ पश्चिमी भू–भागका केही स्थानमा वर्षा भइरहेको छ ।

आगामी २४ घण्टामा देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा पश्चिमी तथा पूर्वी पहाडी भू–भागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

आगामी तीन दिनको मौसम विवरणबारे जानकारी दिँदै महाशाखाले बुधबार (आज) दिउँसो पश्चिमी भू–भागमा सामान्य बदली, मध्य तथा पूर्वी भुभागमा आंशिकदेखि सामान्य बदली तथा पश्चिम तथा मध्य र पूर्वका केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । पश्चिमी तथा पूर्वी पहाडी भुभागका एकदुई स्थानमा मेघ गर्जन चट्याङको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।

हावाहुरी र चट्याङ पर्दा यो कुरा कहिल्यै नबिर्सनुस्, यस्ता उपाय अपनाउँदा बच्न सकिन्छ

थाहा पाइराख्नुस्, चट्याङका बेला यस्ता सात कुरामा ध्यान दिँदा बच्न सकिन्छ

बुधबार राति देशभर आंसिकदेखि सामान्य बदली रही मध्य, पूर्व तथा पश्चिमी पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।

बिहीबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वका थोरै स्थान साथै पश्चिमी पहाडी भुभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । बिहीबार राति मध्य तथा पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली केही स्थानमा हल्का वर्षाको सम्भावना छ । पश्चिमी भू–भागमा आंशिक बदली रहनेछ ।

त्यस्तै शुक्रबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही पूर्वी भू–भाग लगायत मध्य पहाडी भागका केही स्थान तथा पश्चिमी पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

शुत्रबार राति मध्य तथा पूर्वी भागमा आंशिकदेखि सामान्य बदली केही स्थानहरुमा हल्का वर्षाको सम्भावना छ । पश्चिमी भूभागमा आंशिक बदली रहने महाशाखाको पूर्वानुमान छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..