श्रीमती बिहान अबेरसम्म सुतेपछि श्रीमानले उठाए आश्चर्यजनक कदम

काठमाडौं। हर घरमा श्रीमान श्रीमतीबीच झगडा हुन्छ । तर, कहिलेकाहीँ झगडा यतिसम्म बढ्छन् कि सम्बन्धविच्छेदको अवस्था आउँछ । तर सम्बनधविच्छेदको कारण के होला ? भारतको मुम्बइमा निकै विचित्र कारण देखाउँदै सम्बन्धविच्छेदको निवेदन आएको छ ।

यहाँ एक श्रीमानले श्रीमतीमाथि गैरजिम्मेवार भएको आरोप लगाउँदै सम्बन्धविच्छेदका लागि निवेदन दिएका छन् । श्रीमान्ले आफ्नो निवेदनमा श्रीमती ढिलोसम्म सुत्ने र मिठो खाना नपकाउने आरोप लगाएका छन् । जज केके तातेड र सारंग कोटवालको इजलासले यो मुद्दालाई खारेज गरेको छ ।

मुद्दा खारेज गर्दै अदालतले यी कारणले अत्याचार नदेखाउने फैसला गरेको छ । यसअघि ती व्यक्तिले पारिवारिक अदालतमा पनि निवेदन दिएका थिए जहाँ यो मुद्दा खारेज भएको थियो । त्यसपछि उनी हाइकोर्ट पुगेका थिए । तर, हाइकोर्टले पनि उनको निवेदन खारेज गरिदियो । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..