के आइमाई साँच्चिकै धोकेबाज नै हुन्छन् त ? अध्ययनहरुले यसो भन्छ

मोनिका (परिवर्तित नाम) विगत पाँच वर्षदेखि जुआन (परिवर्तित नाम) का साथ रिलेशनसीपमा थिइन् र दुई वर्षदेखि उनकै साथमा बसेकी छन् । तर अचानक एक रात उनी घर फर्किनन्, उनी अर्कै पुरुषसँग गइन् ।

त्यो रातका बारेमा मोनिका भन्छिन् कि उनले अर्को पुरुषका साथ जाने बारेमा पहिलाबाटै कुनै योजना बनाएकी थिइनन् । उनी भन्छिन्–मलाई यो कुराको महशुस थियो कि म जुआनलाई माया गर्छु तर उसले मलाई त्यो दिन सकिरहेको थिएन जुन मलाई आवश्यक थियो ।

केही दिनपछि मोनिकाले जुआनलाई सबै वास्तविकता बताइन् र उनले आफ्नो टुटेको सम्बन्धलाई जोड्ने कोशिस पनि गरिन् तर अन्त्यमा दुवै अलग भए ।

मोनिकालाई लागिरह्यो कि उनले आफ्नो प्रेमीलाई धोका दिइन्, कयौ दिनसम्म उनी यही पश्चातापमा रहिन् । तर पछि थेरापीको माध्यमबाट उनलाई महशुस भयो कि वास्तवमा जुआनसँगको सम्बन्धमा रहेर उनी आफैलाई तनाव दिइरहेकी थिइन् ।

मोनिका भन्छिन्–उसँग सम्बन्ध कायमै राख्न स्वयमलाई तनावमा राख्न सरह थियो, र त्यसैले उसलाई धोका दिएपछि मलाई पश्चातापजस्तो महशुस भइरहेको छैन ।

सबै ठाउँमा छ धोका

मनोचिकित्सक इस्थर पेरेलले आफ्नो पुस्तक ‘द स्टेट अफ अफेयर्सः रिथिङ्किङ्ग इनफिडेलिटी’मा लेखेका छन् कि धोका दिनु वा अविश्वासलाई पूरै संसारमा नराम्रो मानिन्छ तैपनि यो सबै ठाउँमा हुन्छ ।

आफ्नो पुस्तकमा इस्थर लेख्छिन्–वर्तमान समयमा प्रेम सम्बन्ध चाँडै टुट्न लागेका छन्, उनीहरु बढी समयसम्म साथ रहनेवाला हुँदैनन् र उनीहरुमा नैतिकताको अभाव पनि हुन्छ ।

इस्थरको यो पुस्तक गत वर्ष अक्टोबरमा प्रकाशित भएको थियो र न्युयोर्क टाइम्सले त्यतिबेला यो पुस्तकलाई वेस्ट सेलर बताएको थियो ।

कयौ विशेषज्ञका अनुसार वर्तमान समयमा प्रेम सम्बन्धमा जब दरबर पैदा हुन्छ तब त्यसको पश्चातापको भार आमरुपमा महिलाहरुमै पर्दछ जबकि महिला–पुरुष दुवै एकअर्कालाई धोका दिइरहेका हुन्छन्।

धोकाको अर्थ के हो ?

‘दि सिक्रेट लाइफ अफ दि चिटिङ वाइफः पावर, पे्रग्मैटिस्म एन्ड प्लेजर’ पुस्तककी लेखिका तथा समाजशास्त्री एलिसिया वाँकर लेख्छिन् कि धोकाको अर्थ प्रत्येक मानिसका फरक फरक हुन्छ ।

आफ्नो पुस्तकमा उनी लेख्छिन्–हामी सारा विश्वमा खोज्न निस्क्यौं कि आखिर धोकाको अर्थ के हो ? तब हामीले यति मात्र बुझ्यौ कि यो कुरा एउटा जोडीका लागि पनि फरक फरक सावित हुन सक्दछ ।

अमेरिकाको मिसुरी राज्यको युनिभर्सिटीकी शिक्षिका एलिसिया भन्छिन्–केही व्यक्तिका लागि धोका वा अविश्वासको अर्थ हो सेक्स सम्बन्धमा धोका दिनु, जबकि कुनै अर्काको लागि यो भावनासँग जोडिएको कुरा हुन सक्दछ।

यसका साथै यो पनि प्रश्न उठ्छ कि पैसा दिएर सेक्स गर्नु, पोर्नोग्राफी हेर्नु, अश्लिल म्यासेज पठाउनु वा फेरि आफ्नो पूर्व प्रेमीका साथ सम्पर्क बनाइराख्नु, के यी सबैलाई पनि धोकाको श्रेणीमा राख्न जरुरी छ ?

इस्थर आफ्नो पुस्तकमा भन्छिन् कि अमेरिकामा गरिएको एउटा अध्ययनबाट यो कुरा स्पष्ट भएको छ कि महिलाहरुमा धोका दिने प्रतिशत २६ देखि ७० प्रतिशतबिच छ जबकि पुरुषमा यो प्रतिशत बढेर ३३ देखि ७५ प्रतिशत हुन्छ ।

यसले त्यस्ता तत्यलाई अगाडि जोड्दछ‘यो तथ्यांकले भलै केही पनि कहानी बयान नगरिरहेको होस तर प्रेमी जोडीबीच धोका दिने प्रतिशत त बढिरहेकै छ र अधिकांश घटनामा औंला महिलातर्फ नै उठाइने गर्दछ ।

यद्यपि यो एउटा अर्को रोचक तथ्यांक बताउँछ, जसअनुसार १९९० को तुलनामा अब ४० प्रतिशत महिला बढी धोका दिन लागेका छन्, जबकि पुरुषको प्रतिशत पहिलाको जस्तै छ।

कहिले खाइन्छ धोका ?

एउटा प्रश्न यो पनि उब्जन्छ कि आखिर कसैले आफ्नो प्रेमीस् वा साथीलाई किन र कहिले थोका दिन्छ ? यसको जवाफ एलिसिया वाँकरले यसरी दिएकी छन्–आमरुपमा यो ठानिन्छ कि पुरुष सेक्सका विषयमा आफ्नो साथीलाई धोका दिन्छन् जबकि महिलाहरु भावनात्मक कारणले यसो गर्छन् ।

यद्यपि एलिसिया र इस्थर दुवै नै यो कुरामा सहमत छन् कि धोका दिनुको कारण कहिले पनि लिंगको आधारमा निर्धारण हुँदैन ।

एलिसिया भन्छिन् कि आफ्नो पुस्तकका लागि उनले जुन ४० जना महिलासँग साक्षात्कार गरिन् त्यसमा अधिकांश महिलाहरुले आफ्नो वर्षौ पुरानो सम्बन्ध यसकारण तोडे किनभने उनीहरुका साथी यौन आवश्यकता पूरा गर्न सकिरहेका थिएनन् ।

उनी भन्छिन्–सम्बन्धमा एउटा समय यस्तो आउँछ, तब सोच्नुपर्ने हुन्छ कि के मात्र रोमान्सको माध्यमबाट आफ्नो आवश्यकता पूरा गर्न सकिन्छ वा वैवाहिक सम्बन्ध नै तोड्ने ? र अन्ततः उनीहरु धोका दिने विषयमा सोच्न थाल्दछन् ।

बीबीसीको रेडियो कार्यक्रम वुमन आवरमा इस्थरले भनिन् कि कतिपय अवस्थामा महिलाहरुलाई मुश्किल अवस्थाको सामना गर्नु पर्दछ ।

महिलाहरु प्रेम र आपसी हेरचाहवाला रिलेशनसीपमा रहन्छन्, उनीहरु यसलाई तोड्न चाहँदैनन् तर त्यो सम्बन्धबाट उनीहरु जुनप्रकारको अपेक्षा गरिरहेका हुन्छन् त्यो प्राप्त हुँदैन । तब उनीहरु असामन्जस्यतामा पर्दछन् कि सम्बन्ध बचाइराख्ने वा आफ्नो पहिचान, आफ्नो इच्छालाई, किनभने महिलाहरु दुवै मामिलामा तनावमा हुन्छन्।

‘यद्यपि कतिपय महिलाहरु वर्षौ एक्लोपन र अत्याचारको सामना गरेर आफ्नो साथीलाई धोका दिने बाटो अपनाउँछन्, तर उनीहरु यस्तो अन्तिम उपायका रुपमा मात्रै गर्दछन्।’

माफ गर्न कति सजिलो

कुनै पनि श्रीमती, जो श्रीमानलाई धोका दिन्छिन् वा कुनै प्रेमी जोडी आफ्नो परिवारभन्दा बाहिर सम्बन्ध बनाएर परिवार छोड्छन्, उनीहरुलाई समाजमा नैतिक रुपमा नराम्रो ठान्ने गरिन्छ ।

जब सम्बन्ध विच्छेद गर्नु आम कुरा भयो तबदेखि आफ्नो धोकेवाज साथीलाई माफ गर्नेवाला व्यक्तिमा पनि समाजमा प्रश्न उठाउन थालियो ।

एलिसिया भन्छिन्–कतिपय मानिस आफ्नो साथीले धोका दिइरहेको थाहा पाएर पनि चुपचाप बस्छन्, किनभने समाजमा मानिसले उनीहरुका बारेमा राय बनाउन लाग्छन्, यस्तोमा उनीहरु चुपचाप रहेर आफ्नो सम्बन्धलाई बताउनु नै उचित ठान्दछन् ।

यही विषयसँग सम्बन्धित एउटा कुरामा इस्थरले पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिंटन र उनकी श्रीमती हिलारी क्लिंटनका सम्बन्ध लेखिइन् ।जसमा उनले भनिन् कि सन् १९९८ मा जब बिल क्लिंटनको सम्बन्ध उनको इन्टर्न मोनिका लेविन्स्कीका साथ उजागर भयो त्यतिबेला हिलारीले चुपचाप बसेर आफ्नो सम्बन्ध बताइराख्नुलाई उत्तम ठानिन् ।

कतिपय अवस्थामा मानिसहरु सोच्दछन् कि सम्बन्धलाई निरन्तर कायमै रहोस् भलै त्यसमा कठिनाइहरु रहोस् तर अलग भएर बस्नुभन्दा राम्रो साथीका साथ रहनुमै ठान्दछन्।

सजिलो शब्दमा इस्थर भन्छिन् कि करिब करिब ८० प्रतिशत मानिस धोकाको सामना गर्दछन्, चाहे कसैले आफुलाई धोका देओस वा उनीहरुले कसैलाई धोका दिउन् । चाहे प्रेमी र विश्वासपात्रका रुपमा, एउटा बच्चाका रुपमा वा फेरि परिवारको सदस्य र साथीका रुपमा तर धोकाको सामना गर्नैपर्दछ ।

प्रेम र धोकालाई विशेषज्ञहरु यसरी बयान गर्दछन्ः

‘प्रेम एउटा नसुल्झिएको पाटो हो र धोका त्योभन्दा पनि बढी ।’ बीबीसी हिन्दीबाट भावानुवाद ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..