स्वदेश फर्किए चिनियाँ राष्ट्रपति सी

चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किएका छन् । दुई दिने नेपालको राजकीय भ्रमणमा आएका राष्ट्रपति सी स्वदेश फर्किएका हुन् ।

सी लाई बिदाई गर्न राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीलगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पुगेका थिए ।

सीको नेपाल भ्रमणको अवसरमा नेपाल र चीनबीच २० वटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर भएको छ । चिनियाँ राष्ट्रपति सीले विकासको लागि ५६ अर्ब रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने घोषणासमेत गरेका थिए ।

स्वागतको बेलामा जस्तै विदाइको बेलामा पनि कलाकारहरुले साँस्कृतिक झाँकी प्रदर्शन गरे भने नेपाली सेनाको टोलीले सलामी अर्पण गर्‍यो । विमानस्थल परिसरमा नेपाली विद्यार्थी तथा कलाकारहरुले नेपाल र चीनको झण्डा फहराउँदै सीसहितको चिनियाँ टोलीलाई विदाई गरेका थिए ।

सीको स्वदेश फिर्तीको समयमा आइतबार बिहान ११ बजेर २० मिनेटदेखि दिउँसो २ बजेसम्म आन्तरिक तथा बाह्य सबै उडान-अवतरण बन्द गराइएको थियो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..