अमानवीयताको सीमापारः काटेको खुट्टा सिरानी हालिदिएपछि….

भारतको उत्तर प्रदेशको झाँसी मेडिकल कलेजमा सडक दुर्घटनामा घाइते भएका एक युवकको खुट्टा काट्नुपर्ने भयो । अपरेशनपछि विरामीको काटिएको खुट्टा उसकै सिरानीका रुपमा देखेपछि त्यहाँ रहेका मानिसले हंगामा मच्चाए।

शनिबार इटायलबाट मऊरानीपुर जाँदै गरेको बस पल्टियो । दुर्घटनापछि दुई घाइते विद्यार्थी र बसका खलासीलाई सीएचसीमा भर्ना गरियो । त्यसपछि घनश्यामको अवस्था गम्भीर हुँदै गएको देखेर उनलाई महारानी लक्ष्मीबाई मेडिकल कलेज झाँसी पठाइयो।

डाक्टरले गम्भीर रुपमा घाइतेको अपरेशन गरेर खुट्टा काटिदिए । र, कथित रुपमा उसको काटिएको खुट्टाको टुक्रालाई सिरानी बनाएर टाउकामुनी राखिदिए । यो लापरबाही र अमानवीयताको तस्वीर सामाजिक सञ्जालमा भाइरल बन्यो ।

घटनाका बारेमा जब मानिसहरुले मेडिकल कलेजका सीएमएसलाई जानकारी दिए तब उनले विरामीको टाउकोमुनिबाट काटिएको खुट्टा हटाएर सिरानी राखिदिए ।

यो घटना सार्वजनिक भएपछि प्रदेशको चिकित्सा शिक्षामन्त्री आशुतोष टन्डनले कडा कारबाही गर्दै दुई जना बरिष्ठ चिकित्सक र दुई जना नर्सलाई निलम्बित गरेका छन् । साथै घटनाको छानविन गर्न एउटा समितिसमेत गठन गरिएको छ। एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..