सुखी र सन्तुष्ट जीवनका लागि यस्तो रहेछ सेक्सको भूमिका

सम्बन्धमा खुस रहने कुनै जादुमयी फर्मला त छैन । यदि तपाईलाई लाग्छ कि यौन सम्पर्कबाट वैवाहिक जीवन खुसियालीपूर्ण रहन्छ । तर अध्ययनमा भने अलि फरक रहस्य खुलासा भएको छ।

अर्काइभ्स अफ सेक्शुअल बिहेवियरमा प्रकाशित एउटा अध्ययन रिपोर्टअनुसार एउटा नर्मल अडल्टले औषतः वर्षमा ५४ पटक यौन सम्पर्क गर्दछ, जसको अर्थ यो भयो कि हप्तामा मुस्किलले एकपटक ।

मानिसहरुको विश्वास भने उल्टो खुसी र सुखी जोडीले धेरैपटक शारीरिक सम्पर्क गर्दैनन् भन्ने छ । सोसल साइकोलजी एन्ड पर्सन्यालिटी साइन्समा प्रकाशित अर्को एउटा रिपोर्टअनुसार शोधकर्ताहरुले ४० वर्षको अवधिमा ३० हजार जनामा शोध गरे ।

शोधबाट थाहा भयो कि बढी सेक्स गर्नुसँग खुसी र सन्तुष्ट जीवनको कुनै लिनु दिनु नै छैन रोचक कुरा त यो छ कि हप्तामा एकपटक सेक्स गर्नु नै काफी छ। एक हप्ताभन्दा लामो अन्तरमा सेक्स गर्नेहरु कम सन्तुष्ट देखिए ।

दोस्रो अध्ययनमा कुनै जोडी कति फ्रिक्वेन्सीमा सेक्स गर्दछ, यो उनीहरुको उमेरमा निर्भर गर्ने बताएको छ। १८ देखि २९ वर्षका मानिस सबैभन्दा बढी यौन सम्पर्क गर्दछन् । उनीहरुको औषतः सेक्स सेशन्स वर्षमा ११२ पटक र हप्तामा दुईपटक हुन्छ ।

न्युयोर्कबाट ह्युमन सेक्शुअलिटी एन्ड म्यारिजमा अध्ययन गरेका डाक्टर लोगन भन्छन्, त्यस्तो कुनै फिक्स रुल छैन, जुन सबैमा एकै समान लागु हुन्छ । सबै रिलेशनसीप अलग हुन्छ । जसो गर्दा तपाई र तपाईको पार्टनर सन्तुष्टि दिन्छ, त्यो नै सहि हो र कम्युनिकेशनको सबैभन्दा ठुलो भूमिका हुन्छ । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..