बलात्कार आरोप लपागेका निर्वतमान सभामुख महरालाई आज अदालत लगिँदै

काठमाडौं । बलात्कारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज काठमाडौँ जिल्ला अदालत लगिने भएको छ ।

थुनामा राखेर थप अनुसनधान गर्न समयसीमा थपका लागि महरालाई अदालत हाजिर गराउन लागिएको प्रहरीले जनाएको छ । जिल्ला अदालत काठमाडौँले गत १९ गते पक्राउपुर्जी जारी गर्दै महरालाई पक्राउ गर्न बाटो खोलेको थियो ।

सोही पक्राउपूर्जीको आधारमा सभामुख निवास वालुवाटारबाट प्रहरीले महरालाई पक्राउ गरेर हिरासतमा राखेको छ । महरालाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई बाटो खुले पनि दसैं बिदा र विभिन्न सार्वजनिक बिदाका कारण अदालत उपस्थित गराउन सकिएको थिएन ।

आज अदालतमा उपस्थति गराएर म्याद थप्ने प्रहरीको तयारी छ । महरा अहिले नर्भिक अस्पतालमा उपचाररत हुनुहुन्छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..