नेपालसहित पाँच देश, पाँच आमा, तर प्रशव पीडा र मातृत्वको भाषा एउटै (तस्वीर कथा)

पाँच जना फोटोग्राफरले संसारका पाँच अलग अलग देशमा पुगेर प्रशव पीडाबाट गुज्रिरहेका पाँच आमाका साथ समय बिताए र उनीहरुको नवजात शिशुका साथ उनीहरुको तस्वीर आफ्नो क्यामेरामा कैद गरे ।

च्यारिटी संस्था सेभ द चिल्ड्रेनका लागि यी फोटोग्राफरहरुले जुन तस्वीर खिचेका छन, त्यसमा ती आमाहरुको साझा मातृत्व झल्कन्छ । केन्याको मेग्नम फोटोजका बेल्जियन फोटोग्राफर बीक डिपोर्टरले केन्याको बुनगोमा क्षेत्रको यात्रा गरे।

त्यहाँ डिपोर्टरको भेट नेलीसँग भयो, जो आफ्नो तेस्रो सन्तानलाई जन्म दिने तयारीमा थिइन् । उक्त बच्चाको नाम फोटोग्राफरको नामबाटै बीक राखियो ।

केन्या

गर्भका कारणबाट हुने पीडाका कारणले नेलीलाई मोटरसाइकल एम्बुलेन्सको माध्यमबाट अस्पताल लगियो । आपतकालीन स्थितिमा यो क्षेत्रमा हिलाम्मे सडकमा मोटरसाइकल मात्रै एउटा साहरा हो ।

एक धाईले नेलीलाई सहयोग गरिन् । नेलीको प्रशव सामान्य भयो र यसक्रममा उनलाई कुनै प्रकारको पीडा निवारक औषधि दिइएन । नेली भन्छिन्–मैले निकै प्रार्थना गरेँ । मैले डाक्टरहरुलाई पनि निवेदन गरेँ । किनभने उनीहरु भएका कारण मलाई कुनै पनि प्रकारको चिन्ता भएन ।

रोमानिया

डाना पोपा लण्डनमा रहेर फोटोग्राफी गरिरहेका छन् । डानाले रोमानियामा बुखारेस्टको यात्रा गरिन्, जाहाँ उनको भेट रुखसानासँग भयो, जो आफ्नो पहिलो सन्तान जन्माउने तयारीमा थिइन् । रुखसानाको गर्भधारण भएको केही दिनमै उनका श्रीमानको मृत्यु भएको थियो ।

बुखारेस्टको एउटा अस्पतालमा आफ्नो नवजात शिशुका साथ आराम गरिरहेकी रुखसाना आफ्नो श्रीमानको सम्झना गरिरहेकी थिइन् । उनी भन्छिन्–उनी एउटा परिवाुर र एउटा बच्चा चाहन्थे । उनी बच्चाका लागि निकै लालयित थिए ।

‘जब मलाई थाहा भयो कि म गर्भवती छु तब म निकै डराएँ । किनभने त्यतिबेला कुनै बच्चालाई यो संसारमा ल्याउने हिसावले हाम्रो अवस्था ठिक थिएन । मेरो प्रतिक्रिया यो थियो कि यो अहिले नै किन हुनु थियो, तीन वा चार महिना पनि त भएको भए हुन्थ्यो ।’

‘तर उनले मेरो आँखामा हेर्दै भने कि केही छैन । तिमी राम्रो समयका लागि पहिलाबाटै केही पनि भन्न सकिन्न।’

‘र, जब म मात्र तीन वा चार महिनाको गर्भवती थिएँ, तब उनलाई हृदयघात भयो । त्यसको तीन सातापछि नै उहाँको मृत्यु भयो।’

ग्वाटेमाला

स्पेनकी फोटोग्राफर कारलोता गुभेरेरोले ग्वाटेमालाको यात्रा गरिन् । त्यहाँ उनको भेट १९ वर्षीया जेनिफरसँग भयो जो आफ्नो दोस्रो सन्तानज डेनियललाई जन्म दिइन् ।

जेनिफर ग्वाटेमालाको क्वेटजालटेनामा बस्थिइन् । उनी सहरभन्दा बाहिर आफ्ना आमाबाबुका साथ बस्थिइन् ।

यसअघि उनी एउटी छोरीकी आमा बनिसकेकी थिइन् । जुन अहिले तीन वर्षकी छिन् । जेनिफरले आफ्नो दोस्रो सन्तान डेनियललाई एउटा सरकारी अस्पतालमा जन्म दिइन् । उनका श्रीमान अस्पतालमै उपस्थित थिए । तर त्यहाँ प्रशव हुने कोठामा पुरुषलाई जाने अनुमति थिएन ।

जेनिफर झण्डै आठ घण्टासम्म प्रशव पीडाबाट गुज्रिइन् । उनको बच्चा निकै ठुलो थियो र उनलाई प्रशवका क्रममा निकै पीडा भयो । पछि डाक्टरहरुले डेनियललाई सुरक्षित जन्मका लाग इपीसिटोमी प्रक्रिया अपनाउनु पर्ने भयो ।

जेनिफर भन्छिन्–जब उसको जन्म भयो तब मलाई निकै खुसी लाग्यो । त्यो बयान गर्ने शब्द नै मसँग छैन । तपाई यति मात्र जान्नु हुन्छ कि तपाईको बच्चा जन्मियो र अब उ सधैं तपाईका साथमा हुनेछ ।

नेपाल

नेपालमा फोटोग्राफर डायना मरकासियन २५ वर्षकी छोटीको प्रशवको साक्षी बनिन् । जसले आफ्नो छोरा इरफानलाई जन्म दिइन् ।

छोटी नेपालको बाँके जिल्लामा बस्छिन् । र, यो उनको तेस्रो सन्तान हो । इरफानको जन्म सेभ द चिल्ड्रेनको सहयोगमा संचालित एउटा क्लिनिकमा भएको हो ।

नेपालमा कयौ महिलाहरु चिकित्सकको सहयोग बिना नै आफ्नो सन्तान जन्माउने गर्दछन् । छोटी भन्छिन्–मेरा लागि आमा बन्नुको अर्थ थियो कि मलाई धेरै समस्याहरुबाट गुज्रनु पर्नेछ । यसको यो पनि अर्थ हो कि अहिले जब म युवा छु तब मैले आफ्नो बच्चाको ख्याल गर्नुपर्नेछ ।

‘तर जब म बुढी हुनेछु तब मेरा सन्तानले मेरो ख्याल राख्नेछन् । जब म खाना बनाउने र अन्य काममा असर्थ हुनेछु र जब मेरो छोराको विवाह हुनेछ तब उसकी श्रीमतीले मेरो पनि ख्याल राख्नेछिन् ।

‘मेरा बच्चा अहिले निकै सानै छन् र अहिले उ मात्र रुन सक्दछ । मेरो सानो छोरा जब बिहान उठ्छ तब उन आफ्नो सानो भाइका साथ खेल्छ । उसलाई चुम्बन गर्छ, उसको ख्याल राख्छ र प्रेम गर्दछ ।’

बेलायत

सियान डेवीले ३७ वर्षको उमेरमा आमा बन्न लागेकी एलनको तस्वीर आफ्नो क्यामेरामा कैद गरिन् । एलनले दुई वर्षको कोशिसपछि आफ्नी छोरी एलिसलाई जन्म दिइन् ।

लण्डनमा आफ्ना श्रीमान एन्डीका साथ रहेकी एलनले यसअघि दुई पटक गर्भपतनको दशा झेलिसकेकी छन् ।

एलन राति ११ बजे प्रशवका लागि बनेको कक्षमा गइन् र अघिल्लो अपरान्ह ३ बजे एलिसलाई जन्म दिइन् । एन्डी यसक्रममा एलनका साथमै बसे ।

जब एलिसको जनम भयो तब उनलाई स्वास लिन गाह्रो भइरहेको थियो । डाक्टरहरुले एलिसको ढाड रगटे र एन्डीलाई अम्बिलिकल कार्ड अर्थात गर्भनाल काट्न भनियो ।

यसको तीन मिनेटपछि एलिसले आफ्नो पहिलो स्वास लिइन् । डाक्टरहरुले एलिसको जाँच गरे ताकि पत्ता लगाउन सकियोस् कि कतै अक्सिजनको कमीबाट एलिसलाई कुनै प्रकारको नोक्सन त भएन । एलसलाई कुनै प्रकारको कुनै नोक्सन भएको थिएन । बीबीसी हिन्दी, सबै तस्वीर सेभ द चिल्ड्रेनले उपलव्ध गराएको हो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..