पैसा तिरेर पिन्जडामा किन बस्छन् यहाँका मानिसहरु ?

यस्तो पिन्जडाको कल्पना गर्नुस् जसको लम्बाई दुई मिटर र उचाई एक मिटरभन्दा केही मात्र बढी छ । सोच्नुस कि यो पिन्जडामा यस्तै तीन तह छ । र, अब सोच्नुस् यही तपाईको घर हो।

हङकङमा सस्तो घरको ठुलो कमीका कारण हङकङबासीका लागि यही नै एउटा वास्तविकता बनिसकेको छ। वास्तवमा सन् २०१७ मा यस्तो पिन्जडायुक्त घरमा बस्नेहरुको संख्या आफैमा एउटा रेकर्ड थियो ।

डेमोग्राफिया नामको एउटा कन्सल्टेन्सी कम्पनीका अनुसार लगातार आठौ वर्ष हङकङबासीका लागि संसारको सबैभन्दा महंगो ठाउँको सूचीमा सबैभन्दा माथि छ।

तर, यदि तपाईलाई लाग्दछ कि यो पिन्जडायुक्त घरमा बसेको मुल्य तिर्नु पर्दैन होला, त्यसो भए तपाई गलत हुनुहुन्छ । यी साना घरको भाडा वर्षमा ५ सय अमेरिकी डलर वरपर पर्दछ।

नयाँ उपाय खोज्ने प्रयास

‘नैनोहोग्रेस’ भनिने यी साना घरका कयौ प्रकार छन् । कयौ बलियो र राम्रा छन् तर यो कुरा सत्य हो कि यसमा बस्न लायक ठाउँ कम हुन्छ

तिब्रताका साथ बढ्दो जनसंख्याका लागि घरको व्यवस्थामा शोध गर्नेहरु गोलाकार पाइपको प्रयोग गरेर घर बनाउने विषयमा अध्ययन गरिरहेका छन् । पाइपभित्र बनाइने यी साना घरलाई सस्तो र बलियो बनाउने कोशिस भइरहेको छ।

यसलाई ओपाँड भन्ने गरिन्छ । ओपाँडको एउटा नमूना बनाउने जेम्स लाँ भन्छन्–हामी कम खर्च गरेर घरमा बाथरुम, किचन र फर्निचर लगाउन सक्दछौ ।

यद्यपि यसप्रकारको घरलाई महंगो घर र मानिसको आवाससम्बन्धी समस्या स्थायी रुपमा समाधान मानिएको छैन ।

घरको समस्या केबल हङकङमै सीमित छैन । जापान, अस्ट्रेलिया, सिंगापुर, बेलायत, न्युजिल्याण्डमा पनि घरको मूल्य निकै बढी छ र त्यो अधिकांश मानिसको पहुँचभन्दा टाढा छ।

कतिपयका लागि विदेशीले उनीहरुको देशमा बढी सम्पत्ति खरिद गर्नु पनि एउटा समस्या हो । जसबाट घरको मूल्य बढ्छ र सम्पत्ति बजार बिग्रन्छ । साथै स्थानीयबासीका लागि घर किन्न सहज रहँदैन ।

यो समस्याको सामना गर्नका लागि न्युजिल्याण्ड एउटा यस्तो विधेयकको तयारी गरिरहेको छ, जसअन्तर्गत विदेशीलाई देशभित्र सम्पत्ति किन्न रोक्न सकियोस् । ब्युजिल्याण्डकी प्रधानमन्त्री जाकिन्दा आर्डर्नका अनुसार यसकारण देशका ती युवा जो आफ्नो पहिलो घर किन्न चाहन्छन् उनीरुलाई समस्या भइरहेको छ।

२५ वर्षअघि न्युजिल्याण्डको ७५ प्रतिशत जनतासँग आफ्नो घर थियो । तर वर्तमान अवस्थामा देशमा मात्र ६४ प्रतिशत नागरिकसँग मात्र आफ्नो घर छ।

मानिसको पहुँचबाहिर हुँदै घर

लण्डन अर्को यस्तौ सहर हो जहाँ एक दशकभित्र सम्पत्तिको मूल्य दुई गुनासम्म बढेको छ । कयौ स्थानमा मानिसलाई ग्यारेजमै आफ्नो घर बनाउनु परिरहेको छ। र,केही साना घरमा बस्छन् वा अरुका साथमा घर शेयर गर्दछन् ।

बेलायतमा सम्पत्तिको कारोबारमा लागेका हेनरी प्रायर भन्छन्–कयौलाई लाग्दछ कि यस्ता विदेशी लगानीकर्ताका कारण भएको हो, तर मेरो विचारमा भन्ने भने वास्तविकता त्यस्तो होइन।

प्रायर भन्छन्–सम्पत्ति किन्ने मामिलामा सप्लाई र डिमान्डको सिद्धान्तले काम गर्दैन, बरु यो ऋण लिने क्षमता र ऋणको सुविधासम्म पहुँचमा पनि निर्भर गर्दछ ।

अधिकांश सहरमा बस्नेहरुका लागि सस्तो घरको कमी छ, तर हङकङजस्तो स्थिति अहिलेका लागि ती सहरहरुमा छैन । बीबीसी हिन्दी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..