मृत्युका बेला मानिसको दिमागमा के भइरहेको हुन्छ होला ? कसैलाई पनि यसबारेमा सटिक जानकारी छैन । वैज्ञानिकहरुलाई केही जानकारी अवश्य छ, तर यो प्रश्न अन्ततः एउटा रहस्य नै बनेको छ।
यद्यपि हालै केही वैज्ञानिकहरुले एउटा यस्तो अध्ययन गरेका छन्, जसबाट मृत्युको तन्त्रिका–विज्ञानका बारेमा रोचक जानकारी प्राप्त भएको छ। यो अध्ययन बर्लिनको चेरिट युनिभर्सिटी र ओहायोको सिनसिनाटी युनिभर्सिटीका वैज्ञानिकहरुले जेन्स द्रेयरको अगुवाईमा गरेका हुन्।
यसका लागि वैज्ञानिकहरुले केही विरामीको तन्त्रिका तन्त्रको निगरानी गरे । यसका लागि उनीहरुले परिवारजनको पूर्व अनुभति लिएका थिए।
ती विरामीहरु कि त भिषण सडक दुर्घटनामा घाइते भएका थिए वा स्ट्रोक र कार्डिएक अरेस्टको शिकार बनेका थिए । वैज्ञानिकहरुले पाए कि पशु र मानिस दुवैको दिमाग मृत्युका बेला एकै तरिकाले काम गर्दछ । साथै एउटा यस्तो समय पनि आउँछ जब दिमागको कामकाजको ‘आभासी रुपले’ बहाल हुन सक्दछ ।
र, यही नै यो अध्ययनको अन्तिम उद्देश्य थियो । न त मृत्युका बेला दिमागको निगरानी गर्नु बरु यो बुझ्नु थियो कि कसैको उसको जीवनको अन्तिम क्षणमा मृत्युबाट बसरी बचाउन सकिन्छ ।
जुन हामी पहिलाबाटै जान्दथ्यौं
यी वैज्ञानिकहरुको शोधभन्दा पहिला ‘ब्रेन डेथ’का बारेमा हामी जति जान्दथ्यौ, त्यसमध्ये अधिकांश जानकारी हामीलाई पशुहरुमा गरिएको प्रयोगबाट प्राप्त भएको हो ।
हामीलाई थाहा छ कि मृत्युका बेलाः
–शरीरमा रगतको प्रवाह रोकिन्छ, त्यसैले दिमागमा अक्सिजनको कमी हुन्छ ।
–सेरेब्रल इस्किमया नामको यो स्थितिमा अवश्य रासायनिक अवयव कम हुन्छ, जसबाट दिमागमा ‘इलेक्ट्रिकल एक्टिभिटी’ पूर्णरुपमा अन्त्य हुन्छ ।
–यो मानिन्छ कि दिमाग शान्त हुने यो प्रक्रिया त्यसैले मानिन्छ किनभने भोका न्युरोनले आफ्नो ऊर्जा संरक्षित गर्दछ । तर त्यसको ऊर्जा सुरक्षित गर्नु कुनै काममा आउँदैन, किनभने मृत्यु हुनै लागेको हुन्छ ।
–सबै महत्वपूर्ण आयन दिमागी कोशिकाहरुलाई छाडेर अलग हुन्छ, जसबाट एडेनोसिन ट्रान्सफाँस्फेटको आपुर्ति कमजोर पर्दछ । यही त्यो जटिल जैविक रसायन हो जुन शरीरमा ऊर्जालाई स्टोर गर्दछ र एक स्थानबाट अर्को स्थानमा लैजान्छ ।
–यसपछि टिश्यु रिकभरी असम्भव हुन्छ ।
मानिसमा…..
तर, वैज्ञानिकहरुको टिम मानिसको सम्बन्धमा यो प्रक्रियालाई अरु गहिराईबाट बुझ्न चाहन्छन् । त्यसैले उनीहरुले केही विरामीको दिमागको न्युरोजलिकल गतिविधिहरुको निगरानी गरे । डाक्टरको तर्फबाट निर्देश दिइएको थियो कि यी विरामीलाई इलेक्ट्रोड स्ट्रिप्स आदिको प्रयोगबाट बेहोसीबाट ब्युँताउने कोशिस नगरियोस् ।
वैज्ञानिकहरुले पाए कि ९मध्ये ८ जना विरामीको दिमागका कोशिकाहरु मृत्युलाई छल्ने कोशिस गरिरहेका थिए । वैज्ञानिकहरुले थाहा पाए कि मुटुको धड्कन रोकिएपछि पनि दिमागका कोशिकाहरु र न्युरोनले काम गरिरहेको थियो ।
न्युरोनको काम गर्ने तरिका यस्तो हुन्छ कि त्यसले आवेशित आयन्सबाट स्वयमलाई भर्दछ र आफ्नो र आफ्नो वातावरणबीच विद्युत सन्तुलन कायम राख्दछ । यसबाट त्यो सानो झड्का (शक) उत्पन्न गराउन सक्षम हुन्छ । वैज्ञानिकहरुका अनुसार यो विद्युत असन्तुलन कायम राख्नु निरन्तर गरिने प्रयास हो ।
यसका लागि यी कोशिकाहरु बग्दै रगतको प्रयोग गर्दछन् र त्यसबाट अक्सिजन र रासायनिक ऊर्जा लिन्छन् । वैज्ञानिकहरुका अनुसार जब शरीर मर्दछ र दिमागमा रक्त प्रवाह बन्द हुन्छ तब अक्सिजनबाट बन्चित न्युरोन ती छोडिएका संसाधनहरुलाई जम्मा गर्ने कोशिस गर्दछ ।
तर यो विस्तारै विस्तारै फैलनुको साटो पूरै मस्तिष्कमा एकसाथ हुन्छ,यसलाई ‘अनडिस्पर्स्र्ड डिप्रेशन’ भन्ने गरिन्छ । यसपछिको स्थितिलाई ‘डिपोलराइजेशन अफ डिफ्युज’ भन्ने गरिन्छ । जसलाई बोलचालको भाषामा ‘सेरब्रल सुनामी’ भनिन्छ ।
इलेक्ट्रोकैमिकल ब्यालेन्सका कारण दिमागका कोशिकाहरु नष्ट हुन्छ, जसबाट विशेष रुपमा थर्मल एनर्जी रिलिज हुन्छ । यसपछि मानिसको मृत्यु हुन्छ ।
तर, अध्ययनले भनेको छ कि मृत्यु जति अटल अहिले छ, भविष्यमा पनि त्यस्तै रहनेछ भन्ने जरुरी छैन ।
जेन्स द्रेयर भन्छन्–एक्सपैन्सिभ डिपोलराइजेशनबाट कोशिकीय परिवर्तनको सुरुवात हुन्छ र फेरि मृत्यु हुन्छ । तर यो आफैमा मृत्युको क्षण होइन । किनभने डिपोलराइजेशनलाई ऊर्जा आपुर्ति बहाल गरेर उल्टाउन सकिन्छ ।
यद्यपि यसलाई व्यवहारमा ल्याउनका लागि अझै धेरै शोध आवश्यक छ। द्रेयर भन्छन् कि मृत्युजस्तै यो तन्त्रिकासम्बन्त्री पाटो एउटा जटिल घटना हो, योसँग जोडिएका प्रश्नको सजिलो उत्तर छैन । बीबीसी हिन्दीबाट