कन्ट्रोल रुमको आदेश पालना नगर्दा विमान दुर्घटनाः विमानस्थल प्रशासन (भिडियोसहित)

काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रशासनले दुर्घटनाग्रस्त यूएस बंगालको विमान कन्ट्रोल रुमको आदेश विपरित ल्याण्ड भएको जनाएको छ ।

विमानस्थलका प्रमुख राजेन्द्र क्षेत्रीले दुर्घटनाको प्रारम्भिक उद्दार सकिएलगत्तै पत्रकार सम्मेलन गरी कन्ट्रोल रुमले दिएको अनुमति विपरित ल्याण्ड गरिएकाले विमानस्थल दुर्घटनाग्रस्त भएको बताउनु भयो । उहाँले दुर्घटनाको विस्तृत विवरण लिने काम भईरहेको पनि जानकारी दिनु भयो ।

विमानस्थलमा ३३ जना नेपालीसहित ७१ जना यात्रु सवार रहेका थिए । त्यसमा चालक दलका ४ जना सदस्य रहेका छन ।

यसैबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार युएस बंगलाको एक विमान दुर्घटना भएको छ ।

बंगलादेशको राजधानी ढाकाबाट आएको विमान विमानस्थलमा अवतरण गर्नेक्रममा दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको सोमबार विमानस्थलले जनाएको छ । विमानस्थलमै २८ जनाको र अस्पतालमा अरु ८ जनाको मृत्यु भएको जनाइएको छ । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

१७ जनाको केएमसीमा, पाँचजनाको नर्भिक अस्पतालमा र एकजनाको ॐ अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

दुर्घटनामा परेको विमानमा चालकदलका चारजनासहित ७१ जना सवार रहेको बताइएको छ । अरुको खोजीकार्य जारी रहेको पनि विमानस्थलका अधिकारीहरुले बताएका छन् ।

घाइते भएकामध्ये अधिकांशको अवस्था गम्भीर रहेको छ । यात्रीहरुमध्ये दुईजना बालबालिका, २८ जना महिला र ४१ जना पुरुष यात्री रहेको पनि विमानस्थलले जनाएको छ । विमानमा ३३ जना नेपाली सवार रहेको पनि बताइएको छ ।

विमान अवतरण गर्नेक्रममा ‘ओभरसुट’ भइ दुर्घटना भएको हो । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवानहरु र विमानस्थलका अग्नि नियन्त्रकहरु उद्धारमा जुटेका थिए । विमान सोमबार दिउँसो २ बजेर १९ मिनेटमा विमानस्थलमा दुर्घटना भएको हो ।विमान विमानस्थल टावरसँग सम्पर्क नगरी गलत दिशाबाट आएको जनाइएको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..