यसरी भयो दुर्टटना : महानिर्देशक, क्यान

काठमाडौ । युएस बंगाल विमानको डास ८ बम्बार्डियर सोमबार दिउँसो दुई बजेर १८ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण क्रममा दुर्घटनामा परेको हो ।

विमान अवतरण क्रममा एउटा घाँसेमैदान टेकेको देखिन्छ ।

विमान असन्तुलन भएर धावनमार्गको पुर्वतर्फ दुर्घटनामा परेको हो ।

विमानस्थलको टावर कन्ट्रोल रुप र विमान चालकबीच नियमित सम्पर्क भईरहेको थियो ।

कन्ट्रोल रुमले विमानलाई दक्षिणतर्फको रन वे जिरो टु मा अवतरण गर्न अनुमति दिएको थियो ।

तर, जहाज, दक्षिणबाट अवतरण नगरी उत्तरतर्फ मोडियो ।

उत्तरतर्फ जहाज मोडिएपछि कन्ट्रोल रुमले फेरि पाईलटसँग जहाजमा केही समस्या छ कि भनेर सोध्यो ।

पाईलटले आइएम गुड, नो प्रोब्लम भनिरहेको थिए । तर, विमानस्थलले जहाजमा केही समस्या देखिएको हुन सक्ने ठहर गरी सबै जहाज होल्ड गराएर रन वे खाली गराईसकेको थियो । अन्नपूर्ण पोष्टमा खबर छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..