मुत्राशयमा संक्रमणका यी ९ लक्षण र उपचारका ५ उपाय

मुत्राशय अर्थात युरिनरी ब्लैडर मानव शरीरको एउटा महत्वपूर्ण अंग हो । यो बेलुन जसरी फुल्छ र यसैमा पिसाव जम्मा हुने गर्दछ ।

यो कोशिकाहरुको पत्रबाट बनेको हुन्छ जसले पिसाव बाहिर लिक हुनबाट बचाउँछ र ब्लैडरमा ब्याक्टेरिया उत्पन्न हुनबाट पनि बचाउँछ । तर के तपाईलाई थाहा छ कि लामो समयसम्म पिसाव रोकिँदा ब्लैडर वा मुत्राशयमा संक्रमण हुन सक्दछ। के यो संक्रमण पनि पुरुषको तुलनामा महिलामा हुने सम्भावना बढी हुन्छ ? यहाँ मुत्राशयमा भएको संक्रमणको लक्षण र त्यसबाट बच्ने उपाय उल्लेख गरिएको छः

ब्लैडर इन्फेक्सन के हो ?

मुत्राशयमा संक्रमण एक प्रकारको यूटीआई हो, जसमा युरिनरी ब्लैडरमा रोगजन्य ब्याक्टेरिया धेरै मात्रामा उत्पन्न हुन्छ र मुत्राशयमा संक्रमण उत्पन्न गराउन लाग्दछ । तर यदि तपाईको इम्युन सिस्टम कमजोर छ भने तब यीस्टजस्तो साधारण रोगको संक्रमण हुन सक्दछ । यो संक्रमण आमरुपमा इ–कोलाई नामक ब्याक्टेरियाका कारण हुन्छ, जुन हाम्रो दिसामा धेरै मात्रामा मौजुद हुन्छ । यो कुनै पनि कारणले मुत्रनलीको बाटो युरिनरी ट्रैक्टबाट मुत्राशयमा प्रवेश गर्दछ । महिलाहरुमा यो संक्रमण हुनु निकै आम हुन्छ। किनभने महिलाहरुको गुद्धार र मुत्रमार्गका बिचमा दुरी निकै कम हुन्छ । तर उमेर बढ्दै जाने क्रममा पुरुषमा पनि ब्लैडरको संक्रमण हुने सम्भावना बढ्दछ। किनभने उमेर ढल्कँदै जाने क्रममा पुरक्षको प्रोस्टेट ग्रन्थी पनि ठुलो हुन्छ, जसले मुत्रमार्गलाई दबाव दिन्छ र जब मुत्र विसर्जन गरिन्छ तब पिसाव रोक्ने प्रयास गर्दछ ।

मुत्राशयमा संक्रमणको लक्षण

मुत्राशयमा संक्रमण हुनुका सामान्य निम्न प्रकारका लक्षण पाइन्छ ।

–पिसाव फेर्दा पीडा महशुस हुनु ।

–पिसावको रङ्ग परिवर्तन हुनु ।

–पिसावमा रगत देखिनु ।

–पिसावबाट नराम्रो गन्ध आउनु ।

–ज्वरो र काँम्नु।

–वान्ता आउनु ।

–पेटको तल्लो भागमा पीडा हुनु ।

मुत्राशयमा हुने संक्रमणबाट बच्ने उपाय

माथि उल्लेख गरिएका लक्षणहरुबाट तपाई ब्लैडर इन्फेक्सन सजिलै पत्ता लगाउन सक्नु हुन्छ । ब्लैडरमा इन्फेक्शन हुनु वास्तवमा निकै खतरनाक सावित हुन सक्दछ । तर यी उपायबाट ब्लैडर संक्रमणबाट बच्न सकिन्छ ।

बढी पानी पिउँदा पिसा फेर्न पनि पटकपटक जानुपर्ने हुन्छ र यो शरीरका लागि राम्रो मानिन्छ । किनभने यसबाट ब्लैडरमा उत्पन्न भइरहेका ब्याक्टेरिया पिसावको माध्यमबाट बाहिर जान्छ । यसका साथै बढी पानी पिउँदा यसले पिसावलाई पातलो बनाउँछ । यो आवश्यक हुन्छ । किनभने पिसावमा तमाम प्रकारका अशुद्धिहरु हुन्छन् । त्यसैका कारण पिसाव बाक्लो हुन्छ । यस कारणबाट पीडा र जलन महशुस हुन्छ । यदि तपाईले पर्याप्त मात्रामा पानी पिउनु हुन्न भने दिनमा कम्तीमा आठ गिलास पानी पिउने बानी बसाल्नुस् ।तर पुरुषलाई औषतः ३.७ लिटर र महिलालाई औषतः २.७ लिटर पानी पिउनुपर्ने हुन्छ ।

धेरै पिसाव गर्नु

तपाई जति धेरै पिसाव शरीरबाट बाहिर निकाल्नु हुनेछ मुत्राशयमा संक्रमण हुने सम्भावना पनि त्यति नै कम हुनेछ । वास्तवमा तपाईले प्रत्येक चार घण्टामा एकपटक पिसाव फेर्नुपर्नेछ । लामो समयसम्म पिसाव रोकेर राख्दा निश्चित रुपमा यूटीआई हुन सक्दछ।

सेक्सअघि र पछि पिसाव फेर्नु

सेक्स गर्दा महिला र पुरुष दुवैमा ब्लैडरमा इन्फेक्शनको सम्भावना बढ्ने गर्दछ । त्यसैले सेक्स गर्नुअघि र सेक्स गरिसकेपछि आफ्नो ब्लैडर खाली राख्नु उचित हुनेछ ।

चुस्त पाइन्ट नलगाउनुस्

जब तपाई चुस्त पाइन्ट लगाउनु हुन्छ तब त्यसले अन्डरवियरमा चिसो र गर्मी दुवै उत्पन्न गराउँछ, जसका कारण मुत्रमार्ग वरपर ब्याक्टेरिया उत्पन्न हुने सम्भवना बढ्दछ । त्यसैले स्वच्छता कायम राख्न र स्वस्थ रहनका लागि केही खुकुलो कपडा लगाउनु राम्रो हुनेछ ।

कटनको अन्डरवियर लगाउनुस्

कटनको अन्डरवियर लगाउँदा तलतिर हावा प्रवाह भइरहन्छ, जसबाट ब्याक्टेरिया उत्पन्न हुन पाउँदैन । यसका साथै अन्डरवियरबाट फोहोर गन्ध पनि आउँदैन र ब्लैडरको संक्रमणबाट पनि पूर्णरुपमा बच्न सकिन्छ । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..