यसकारण यी महिलाले ८० जना विवाहित पुरुषसँग रात बिताइन्

४० वर्षको उमेरमा एक जना बेलायती महिलाले आफूले अहिलेसम्म ८० जना विवाहित पुरुषसँग शारीरिक सम्बन्ध कायम गरेको खुलासा गरेकी छन् ।

यी महिला दुई सन्तानकी आमा हुन् । उनले यो काम बाध्यताले गरेको बताएकी छन् । सन् २००४ मा उनका श्रीमानको निधन भएको हो । घर चलाउन र दुई सन्तान पाल्नका लागि उनले बाध्यताबस यो काम गर्नु परेको दावी गरेकी छन्।

४० वर्षीया लुईस भैन रेडभेल्दी भन्छिन्–सेक्स लाइफ जिउनु मेरो जीवनको कामको एउटा हिस्सा हो । म हरेक दिन यसरी नै बाँच्छुजस्तै यो अन्तिम हो ।

उनी यो कामबाट आफ्नो दुई सन्तान पालिरहेकी छन्, जुन अहिले १२ र १७ वर्षका भइसकेका छन् ।उनका अनुसार भ्यालेन्टाइन डेपछिको साता उनी निकै नै व्यस्त रहन्छिन्।

लुइसका अनुसार उनकोमा जुनसुकै पुरुष आउने गर्दथे, त्यसमध्ये अधिकांशका श्रीमतीले थाहा थियो कि उनीहरुका साथ चिटिङ भइरहेको छ । यस्ता महिलाहरु स्वयमलाई बच्चा र घरको काममा बढी व्यस्त राख्दछन् र श्रीमानलाई समय दिन सक्दैनन् ।

लुईसका अनुसार विगत १५० वर्षमा ट्रेडिशनल म्यारिज काउन्सिलिङमा कुनै परिवर्तन आएको छैन । त्यसैले वैवाहिक जीवन बचाउन मुश्किल भइरहेको छ। अहिलेको समयमा ‘मृत्युले नै हामीलाई अलग गर्नेछ’ जस्ता कुरा बकवास भइसकेको छ। यसले हरेक कुनैका लागि काम गर्दैन । त्यसैले म मानिसहरुलाई यसतर्फ पनि जागरुक बनाउन चाहन्छु ।

लुईसका अनुसार मार्च २००४ मा श्रीमानको मृत्यु हुनुभन्दा केही वर्ष अघिबाटै उनले यो काम सुरु गरेकी थिइन् । हामीले तय गरेका थियौ कि हामी ओपन रिलेशनसीमा रहनेछौ । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..