आफ्नै दुध बेचेर यी महिला यसरी बनिन् लखपति

साइप्रस निवासी एक महिला आफ्नै दुध बेचेर लखपति बनेकी छन्। विश्वास लागेन ? साइप्रस निवासी दुई सन्तानकी आमा राफाएला लान्प्रोउ आफ्नो दुध बेचेर लाखौ कमाइरहेकी छन् ।

राफाएलाको दुध बडी विल्डिङ गर्ने पुरुषहरुबीच उच्च माग छ । राफाएलाले सात महिना पहिला एक सन्तान जन्माएकी थिइन् । तर चाँडै उनलाई महशुस भयो कि दुध बच्चालाई धेरै नै बढी भइरहेको छ । तब उनको दिमागमा दुध बेच्ने आइडिया आयो ।

राफाएलाले भनिन् कि दुध धेरै भइरहेको थियो । उनको घरमा त्यसलाई स्टोर गर्नका लागि कुनै व्यवस्था थिएन । उनले भनिन् कि जबसम्म उनीसँग दुधका लागि कसैले पनि सम्पर्क गरेनन् तबसम्म उनले आफ्नो यस्ता महिलालाई दान गरिन् जो आफ्नो सन्तानलाई दुध खुवाउन नपुगेर संघर्ष गरिरहेका थिए ।

उनले भनिन्–केही पुरुषले मेरा बारेमा पत्ता लगाए, मैले ती पुरुषहरुलाई दुध बेच्न सुरु गरेँ, जसलाई बडी विल्डिङमा रुची थियो ।

राफाएला लान्प्रोउले अहिलेसम्म करिब ५०० लिटर दुध बेचिसकेकी छन्, जसबाट उनले ४५०० फाउन्ड अर्थात करिब ७ लाख कमाइ गरिन् । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..