कामसूत्रका अनुसार महिलाहरु यस्ता पुरुषप्रति हुरुक्कै हुन्छन्

यदि तपाईलाई लाग्छ कि कामसुत्र बिना अर्थको सेक्स हो, त्यसो हो भने तपाई गलत हुनुहुन्छ । यो पुस्तकमा यौनका साथै अरु पनि धेरै कुरा पाइन्छ, जसको अध्ययनबाट अन्दाजा लगाउन सकिन्छ कि सदियौ पहिला मानिसहरु आधुनिक मानिसको तुलनामा यौनका विषयमा बढी नै सजग थिए।

कामसूत्रले सदियौदेखि रतिक्रिया र सम्भोगका बारेमा मार्गदर्शकको माग गर्दछ । यो पुस्तक ४०० इसा पूर्व र २०० इश्वीका बिचमा लेखिएको हो । यो पुस्तकमा सम्भोग र यौन आसनका अलावा लभ लाइफसँग सम्बन्धित महत्वपूर्ण पक्षका बारेमा पनि उल्लेख छ। यहाँ कामसूत्रको विशेष गुण जसबाट पुरुष महिलालाई रिझाउन कसरी बढी सफल हुन्छन् भन्नेबारे उल्लेख गरिएको छ।

महत्वाकांक्षी र उत्साही

कामसूत्रका अनुसार जुन पुरुष महत्वाकांक्षी र उत्साही हुन्छन् उनीहरुतर्फ महिलाहरु सहजै र चाँडै आकर्षित हुने गर्दछन् ।

साहसी र शूरवीर

कामसूत्रमा उल्लेख गरिएको सूत्रका अनुसार साहसी र शूरवीर पुरुष सधैं नै महिलाहरुलाई आकर्षित गर्न सफल देखिएका छन् ।

विद्वताको गुण

कामसूत्रका अनुसार विद्वता त्यो गुण हो जुन पुरुषमा हुनैपर्छ, यस्तो गुण भएका पुरुष महिलालाई रिझाउन सधैं सफल रहन्छन् ।

भावना बुझ्नु

जुन पुरुषभित्र विश्वास र अरुलाई बुझ्ने भावना हुन्छ, उनीहरु महिलालाई रिझाउन सफल हुन्छन्।

कथा सुनाउने क्षमता

कामसूत्रका अनुसार जुन पुरुषमा कविता वा कथा सुनाउने र वर्णन गर्ने कुशलता हुन्छ, उनीहरुतर्फ महिला चाँडै आकर्षित हुने गर्दछन् ।

स्थायी प्रेम

कामसूत्रका अनुसार हरेक महिला यो आशा गर्दछन् कि कुनै पनि पुरुषले आफ्नी श्रीमतीलाई स्थायी रुपमा माया गरोस् । यसो गर्न सक्ने पुरुषप्रति महिला हुरुक्कै हुन्छन्।

अरुको निन्दा नगर्नु

कामसूत्रमा उल्लेख गरिएको गुणहरुका अनुसार पुरुषहरु त्यागी हुनुपर्दछ र अरुको निन्दा गर्नबाट टाढै रहने स्वभावको हुनु पर्दछ ।

शक्तिशाली र नरम मन

शक्तिशाली पुरुष पनि महिलाहरुको रोजाईमा पर्दछन् । साथै महिलाहरुप्रति नरम व्यवहार गर्ने पुरुषप्रति महिलाहरु बढी नै आकर्षित हुने गर्दछन्।

स्त्री लम्पट नहुनु

कामसूत्रका अनुसार जुन पुरुष कुनै पनि महिलाप्रति मोहित हुँदैनन्, त्यस्ता पुरुषलाई श्रेष्ठ मानिन्छन्, यस्ता गुण भएका पुरुषलाई महिलाहरुले उच्च सम्मानका साथ चाँडै स्वीकार गर्दछन्।

किना कन्फ्युजन काम गर्न सक्नु

कामसूत्रका अनुसार जुन पुरुष शंकारिहत वा बिना कन्फ्युजन भएर कामलाई अन्जाम दिन सक्षम हुन्छन्, त्यस्ता पुरुषप्रति महिलाहरुको मनमा चाँडै स्थान बनाउन सफल हुन्छन् । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..