जहाँ श्रीमती साट्नु अपराध मानिँदैन, श्रीमती चोर्ने मेला पो लाग्छ

संसार आफैमा विचित्रको छ। त्यसैले यहाँ विभिन्न जाति, धर्म, संस्कृति र स्थानमा आआफ्नै संस्कार र संस्कृति छ। त्यही संस्कृति र संस्कारलाई कतै कानुनी रुपमा अवैध भनिएको छ भने कतै त्यही राष्ट्रको गहना मानिएको छ। यस्तै चलन अफ्रिकी मुलुकहरुमा पनि छ । त्यस्तै मध्येको एउटा पर्व हो श्रीमती चोर्ने पर्व ।

के तपाईले कहिल्यै ‘वाइफ स्टिलिङ फेस्टिबल’का बारेमा सुन्नु भएको छ ? यदि छैन भने तपाईलाई संसारको यस्तै एउटा विचित्रको संस्कृतिका बारेमा उल्लेख गर्दैछौ ।

पश्चिमी अफ्रिकाको नाइरमा भुडाबी नामको एउटा जनजाति समुदायमा यो विचित्रको संस्कृति छ। यहाँ पुरुषहरुलाई विवाहका लागि अर्काकी श्रीमती चोर्ने काम गर्नुपर्ने हुन्छ । भुडाबी जनजातिका मानिसहरु हरेक वर्ष यस्तै एउटा पर्व मनाउँछन्, जहाँ कयौ महिला भेला भएर एउटा मैदानमा बसेका हुन्छन्।

यसमा विवाहित महिलाका साथै कुमारी युवतीहरु पनि सामेल हुन्छन् । अर्काकी श्रीमती भगाउने यो पर्वमा महिलाहरु आफ्नो पार्टनर चयन गर्दछन् । जसका लागि महिलाहरु पुरुषलाई विभिन्न प्रकारले मापन गर्दछन् ।

उनीहरुको मेकअप, सुन्दरतादेखि डान्सलाई समेत ध्यानमा राखेर आफ्नो पार्टनर चयन गर्दछन् । उनीहरुको मान्यता छ कि पुरुषलाई राम्रोसँग मेकअप गर्न र राम्रोसँग नाच्न आउनु पर्दछ ।यो उत्सवका लागि पुरुषहरु वर्षभरि मेहनत गर्दछन् । उनीहरुले आफ्नो लुक्सलाई पनि विशेष ढंगले ख्याल राख्नुपर्ने हुन्छ ।

एकपटक यदि महिलाले ‘हुन्छ’ भनिदिए त्यो सम्बन्धलाई जायज मानिन्छ । यदि कसैकी श्रीमतीले अर्कै पुरुषका साथ गइरहेकी छन् भने पनि यसको श्रीमानले केही र भन्न सक्दैनन् ।

यता कुमारी युवतीहरुलाई पनि आफूलाई मनपर्ने पुरुषलाई श्रीमानका रुपमा चयन गर्ने स्वतन्त्रता छ। यी महिलाहरुलाई विवाहअघि जति पनि पुरुषसँग शारीरिक सम्बन्ध राख्ने स्वतन्त्रतासमेत छ। एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..