फिलिपिन्सको यौन बजारः मोज गर्न आए भुँडी बोकाएर गए, बच्चाको बेहाल

यी बालबालिका अरु बालबालिकाभन्दा फरक छन् । किनभने जीवन यही गरिबीमा बाबुबिना बित्ने गर्दछ । मानिसहरु फिलिपिन्स घुम्न आउँछन् र यौनकर्मीको कोखमा यी बच्चा छोडेर जाने गर्दछन्।

यौनकर्ममा निर्भरता

फिलिपिन्सको ओलोनागापो सहरको यो क्षेत्रमा यी युवतीहरु गरिबीसँग संघर्ष गर्दै जीवन बताउने गर्दछन् । यी युवतीहरु बारमा काम गर्दछन् ।हरेक वर्ष यौन पर्यटनका कारण हजारौ बच्चा जन्मन्छन्।

पिताबिनाको नश्ल

डेनियलका पिता एक जना अमेरिकी नागरिक थिए । डेनियलकी आमा बारमा काम गर्दथिइन् र कोशिस गर्दथिइन् कि सबै बच्चा बराबरका महशुस गरुन् ।

बाध्यात्मक अवस्था

रयान (बिचमा) लाई बास्केटबलमा रुची छ। उनका पिता जापानी थिए । रयानका चार भाइबहिनी छन्, ती सबैका पिता अलगअलग हुन् ।

करिअरको अवसर

सबरिना गोरी छिन् । यो क्षेत्रमा मानिन्छ कि उनका लागि राम्रो अवसर मौजुद छ । उनी मोडल वा अभिनेत्री बन्न सक्छिन् । उनका पिता जर्मन हुन् । तर उनका सबरिनाका परिवारसँग कुनै सम्बन्ध छैन ।

अध्ययन अध्यापन

लैलाको रुची स्कुल जानुमा छ। उनी दिनभर ढाडमा झोला बोकेर बस्छिन् । लैलाकी आमा भन्छिन्–यसको पिता अमेरिकी हुन्।

खोजी पहिचानको

अफ्रिकी वा अफ्रिकी अमेरिकी पिताका बच्चालाई यो समाज ‘निगर’ भनेर बोलाइन्छ ।

नयाँ परिवार

एन्जेला सैमुएलका पिता स्वीस थिए । तर उनको जन्मअघि नै उनका पिता उनलाई छोडेर गए । एन्जेलाले अब एउटा फिलिपिनो परिवारको युवकसँग विवाह गरेकी छन् । विवाहपछि उनले बारमा काम गर्न छाडेकी छन् । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..