नोटको फोटोकपी गरी ठगी गर्ने पक्राउ

सुनसरी । नेपाली नोटको फोटोकपी गरी ठगी गर्ने धरान उपमहानगरपालिका–७ बस्ने २८ बर्षीय मिन कुमार राई सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँमा रिपेश शाक्यले संचालन गरेको डिजिटल फोटो स्टुडियोमा १ हजार दरको नेपाली नोट फोटो कपी गरी सर्बसाधारण ठगी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई बुधबार फोटोकपी मेशिन र १ हजार दरको फोटो कपी गरेको ४ थान नोट सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..