तपाई पनि कसैले मन नपराओस् भन्ने ठान्नु हुन्छ ? ल यो ९ काम गर्नुस्

तपाई आफूलाई कसैले पनि मन नपरोओस् भन्ने चाहनु हुन्छ ? त्यसो भए तरिका सजिलो छ । तपाई मात्र यो ९ वटा काम गर्नुस् । यस्ता काम गर्ने व्यक्तिलाई कसैले पनि मन पराउँदैनन् ।

फेसबुकमा धेरै फोटो

बिजनेश इनसाइडरको एउटा अध्ययनले भन्छ कि जुन मानिस फेसबुकमा धेरै बढी फोटो पोस्ट गर्दछन्, त्यस्ता मानिसलाई मन पराइँदैन । यसविपरीत त्यस्ता व्यक्तिप्रति मानिसहरुको मनमा एकप्रकारको खिन्नता उत्पन्न हुन्छ ।

सबैसँग राम्रो

राम्रो कुरा गर्नु राम्रो हो । तर सबैका साथ हरेक समय राम्रो हुनु गडबडी हो । यस्ता मानिसलाई धेरैले रुचाउँदैनन् । किनभने मानिसहरुलाई उसको राम्रोपनप्रति नै सन्देश हुन लाग्दछ । त्यसैले कहिलेकाँहि राम्रो नहुनु पनि राम्रो हुन्छ ।

भावना लुकाउनेहरु

केही मनोवैज्ञानिकहरु भन्छन् कि मुस्कुराएर लुकाउनुभन्दा राम्रो हुन्छ कि आफ्नो भावना प्रकट गर्नु । यदि तपाईले आफ्नो भावना अभिव्यक्त गर्नु भयो भने अगाडिकाले पनि सुन्ने छन् कि तपाई पनि उहीजस्तो भावना भएको व्यक्ति हुनुहुन्छ । आफूजस्तै मानिसलाई मन पराउन सहज हुन्छ ।

कुरा गर्दैगर्दा मोबाइल हेर्नेहरु

आम कुरा हो । तर हामी सबै यसो गर्दछौ । कसैसँग कुराकानीका क्रममा पटकपटक मोबाइल हेर्ने व्यक्तिबाट सबै मानिस चिढिन्छन् । यसबाट आफ्नो सामु रहेको व्यक्तिलाई भान हुन्छ कि कुरामा उसको रुची छैन ।

ठट्टा होइन

कयौ कम्पनीहरुमा भएको शोधबाट स्पष्ट भएको छ कि जुन मानिस गम्भीर हुन्छन्, ख्यालठट्टा गर्दैनन्, त्यस्ता मानिसलाई उसका सहकर्मीहरुले कमै मात्र मन पराउँछन् । इलिनाय स्टेट युनिभर्सिटीको अध्ययनअनुसार सम्बन्धमा यहाँसम्म कि रोमान्टिक सम्बन्धमा पनि ख्यालठट्टाको महत्वपूर्ण स्थान हुन्छ ।

शान्ति छैन

शोधहरुका अनुसार यदि तपाई हरेक समय तनावमा रहनु हुन्छ भने तपाई आफ्नो इमेज खराब गरिरहनु भएको छ । विशेषगरी कार्यालयमा त यो घातक हुनेछ, किनभने यसबाट मानिसहरुलाई लाग्नेछ कि तपाई असक्षम हुनुहुन्छ र अरुमाथि भरोसा गर्नु हुन्न ।

मुस्कुराउनु

शोधहरुले स्पष्ट पारेका छन् कि मानिसरु आमरुपमा मुस्कुराउँदै गरेका व्यक्तिलाई मन पराउँछन् । निश्चित रुपमा यही हो, तर शरीर र मनको बाँकी सबै कुरा पनि ठिकठाक होस । अर्थात दुर्घटना भएको छ भने मुस्कुराउनु जरुरी छैन । यदि तपाई पहिलो भेटमा मुस्कुराउनु हुन्छ भने अगाडिको व्यक्तिले तपाईलाई भुल्ने सम्भावना निकै कम हुनेछ ।

हरेक समय गसिप

ट्रैभिस ब्रैडबरीले फोर्ब्स पत्रिकामा एउटा लेख लेखेका छन् कि हरेक समय अरुलाई ठट्टाको विषय बनाउनेलाई कसैले पनि मन पराउँदैन । किनभने यसबाट उसको भरोसा हराउन लाग्दछ र मानिसलाई लाग्छ कि तपाई अरुका बारेमा गसिप मात्रै गर्नुहुन्छ ।

अति विनम्र

हार्वर्ड विजनेश स्कुलको एउटा अध्ययन भन्छ कि जुन व्यत्तिः आवश्यकताभन्दा बढी विनम्र हुन्छ र विनम्रताका लागि प्रशंसाको आशा गर्दछ, यस्ता मानिसले अरुलाई खुसी दिन सक्दैन । हरेक समय गुनासो मात्रै गर्ने व्यत्तिःलाई पनि कसैले रुचाउँदैनन् । तर अति विनम्र व्यक्तिलाई त कसैले पनि रुचाउँदैन । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..