बिहेको जग्गेमा बेहुलीले भिनाजुको गर्भ रहेको खुलासा भएपछि….

भिनाजुको गर्भ रहेको कुरा विवाहको जग्गेमा फेरा लिने क्रममा खुलासा भएपछि एउटा विवाह बिचैमा रोकिएको छ।

गर्भ रहेको थाहा भएपछि विवाह अदालतमा पुगेको थियो ।भारतको इन्दौरमा आफ्नो भिनाजुको गर्भ बोकेकी युवतीले अर्कै पुरुषसँग गर्न खोज्ने २८ वर्षीया महिलाको विवाह राज्यको कुटुम्ब अदालतले शुन्य घोषित गरिदिएको छ ।

विवाहअघि महिलाको आफ्नो भिनाजुसँग शारीरिक सम्बन्ध रहेको खुलासा पनि भएको छ । यसपछि महिलाका ३३ वर्षीय पतिले हिन्दू विवाह अधिनियमअन्तर्गत कुटुम्ब न्यायलयमा न्याय माग गर्दै उजुरी दिएका थिए ।

कुटुम्ब न्यायलयका प्रधानन्यायाधीश सुबोध कुमार जैनले १४ मार्चका दिन मुद्दाको सुनुवाई गर्दै प्रस्तुत प्रमाण र बयानको आधारमा उक्त व्यक्तिको निवेदन स्वीकार गर्दै विवाहलाई शुन्य घोषित गरिदिएका हुन् । यो विवाह झारखण्डमा ६ मे २०१७ मा भएको थियो।

अदालतले आफ्नो विस्तृत फैसलामा भनेको छ, यो प्रमाणित हुन्छ कि निवेदनकर्तालाई विवाहअघि आफ्नी श्रीमती गर्भवती भएको कुराको जानकारी थिएन । निवेदनकर्ताले विवाहको केही दिनपछि सन्देह भएपछि आफ्नी श्रीमतीको सोनोग्राफी पनि गराए, जसको रिपोर्टमा ६ हप्ताको गर्भ रहेको उल्लेख छ।

कुटुम्ब न्यायालयमा विवाहित महिलाले पनि आफ्नो श्रीमानले लगाएको आरोप र तथ्य स्वीकार गरेकी छन् । यद्यपि आफ्नो भिनाजुसँग विवाहपूर्व शारीरिक सम्बन्ध रहेको स्वीकार गरेपछि पुनः भएको सुनुवाईमा अदालतमा उपस्थित भइनन् । परिणमतः अदालतले यो मुद्दामा महिलाविरुद्ध एकपक्षीय कारबाहीको निर्णय गरेको हो । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..