वडाध्यक्षमाथि सांघातिक आक्रमणः १४ वडाध्यक्षको यस्तो माग

खोटाङ । सहकर्मी वडाध्यक्षमाथि सांघातिक आक्रमण भएको भन्दै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १४ वटा वडाका वडाध्यक्षले सुरक्षा माग गरेका छन् ।

नगरपालिकाका १५ वडामध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ८ दोर्पाचिउरीडाँडाका वडाध्यक्ष लीला चौहानमाथि बुधबार राति भएको आक्रमणको भत्सर्ना गर्दै १४ वडाध्यक्षले शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन माग गरेका हुन् ।

वडा कार्यालय जाने सडक मर्मत गरेर घर फर्कनेक्रममा चौहानमाथि बाटो छेकेर बसेका युवाले बानाचुङ भन्ने ठाउँमा आक्रमण गरेका थिए ।

समाचारमा लेखिएको छ, दारुलाडाँडामा आक्रमण प्रयास गरेको समूहले पुनः बानाचुङका लालबहादुर खड्काको घरमा उनीमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ । नागरिकमा खबर छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..