देखेको होइन लेखेको पाइन्छ भनेको त्यसै होइन, मायामा फस्नुका यस्ता छन् वैज्ञानिक कारण

प्रेम कसरी हुन्छ, यसको सही उत्तर त कसैसँग पनि छैन । तर, मनोविज्ञहरुको भनाइ र कयौ शोधले यसका केही कारण अवश्य बताएका छन् । के छन् त कसैको कसैप्रति हुने आकर्षणको कारण ? यहाँ त्यसबारे केही बुँदा उल्लेख गरिएको छ।

जस्तो तिमी उस्तै म

भन्न त यसो पनि भनिन्छ कि विपरीत गुणका व्यक्ति एकअर्काप्रति आकर्षित हुन्छन् । तर कयौ विशेषज्ञहरुका अनुसार यस्ता मानिस जसको व्यक्तित्व मिल्दोजुल्दो छ, शौख, रुची अरुची समान हुन्छ, त्यस्ताहरुको जोडी बन्ने सम्मावना बढी पाइएको छ।

एकै खाले गन्ध

युनिभर्सिटी अफ सदर्न क्यालिफोर्नियाले गरेको एउटा अध्ययनअनुसार महिलाहरुको महिनाको आफ्नो फर्टाइल अवधिमा पुरुषको पसिनाको गन्धको आधारमा उनीहरुको सेक्स हर्मोन टेस्टोस्टिरोनको स्तर थाहा हुन्छ । यसैको आधारमा उनीहरु कुनै पुरुषप्रति बढी आकर्षित हुन्छन् । यस्तै प्रतिक्रिया कयौपटक फराकिलो गिँजा भएका पूरुषका लागि पनि हुन्छ ।

सही बडी ल्याङ्ग्वेज

बडी ल्याङ्ग्वेजले तपाईका बारेमा धेरै कुरा बताइरहेको हुन्छ । जस्तो कि यदि तपाई खल्तीमा हात राख्नु हुन्छ, ढाड सिधा राख्नु हुन्न वा काँध अगाडितिर झुकाएर राख्नु हुन्छ, तब अगाडि बसेको व्यक्तिलाई लाग्छ कि तपाई उमाथि कुनै चासो दिइरहनु भएको छैन । त्यही यदि तपाई यसको कुरामा प्रतिक्रिया दिनु हुन्छ र शरीर उ भएतर्फ राख्नु हुन्छ भने तब यसबाट तपाईको रुची झल्कन्छ ।

आँखा आँखामै

मैसाचुसेट्स युनिभर्सिटीका मनोविज्ञ जाँन केलरमनले एकअर्काबाट अनजान ७२ जनामा एउटा अध्ययन गरेका थिए । उनले जोडी बनाए र एकअर्काको आँखामा केवल २ मिनेटसम्म हेर्न भने । यति कम समयपछि नै उनीहरुले बताए कि उनीहरु एकअर्कालाई निकै जोडिएको महशुस गर्न लागेका थिए । प्रेममा पनि आँखाको धेरैबेरसम्म मिलन हुन्छ ।

पाल्तु जनावर

मिशिगन युनिभर्सिटीका अध्ययनकर्ताहरुले कयौ महिलामा ध्यान दिए कि जब उनी कुनै पुरुषका बारेमा संक्षिप्त विवरण पढ्दछन् तब उनीहरुको प्रतिक्रिया कस्तो हुन्छ । यदि पुरुषसँग पाल्तु कुकुर हुन्छ तब उनीहरुलाई कयौ मामिलामा लामो सम्बन्धका लागि लायक ठानिन्छ । पाल्तु पशुको हेरचाह गर्नेहरु बढी भरोसा लायक र मिजासिला हुन्छन् ।

संगीतले जोड्दछ तार

फ्रेन्च अध्ययनकर्ताहरुले पाए कि कुनै व्यक्तिको कुनै बाद्ययन्त्र बनाउने क्षमतालाई निकै आकर्षक गुण मानिएको छ। एउटा परीक्षण गरियो जब दुई युवालाई सडकमा रोकेर सयौ युवा महिलासँग उनीहरुको फोन नम्बर माग्नु थियो । जुन युवाको काँधमा किटार झुन्डिएको थियो, उसलाई बढी महिलाहरुले आफ्नो फोन नम्बर दिन तयार भए ।

प्रेमको रङ्ग रातो

स्लोभाकियामा हालै गरिएको एउटा अध्ययनले देखाउँछ कि जुन महिला रातो रंग बढी लगाउँछन्, उनीहरु बढी सफलर आकर्षक हुन्छन् । र, यसबाट पार्टनर पाउन पनि सजिलो हुन्छ । पाउन त यो पनि पाइएको छ कि महिलाहरुलाई पनि रातो रंगको पहिरन लगाउने पुरुष उच्च तहका लाग्दछन र उनीहरु त्यस्तो पुरुषको ध्यान आफूतिर खिच्छन् । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..