वन तथा वातावरणमन्त्री बस्नेतलाई खप्तडी बस्नेत कल्याणकारी कोषको बधाइ

काठमाडौ । खप्तडी बस्नेत कल्याणकारी कोषका पदाधिकारी तथा सदस्यहरुले वन तथा वातावरणमन्त्री शक्ति बस्नेतलाई भेटेर मन्त्री नियुक्त भएकोमा बधाइ ज्ञापन गर्दै पूर्ण सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

कोषका पदाधिकारी तथा सदस्यहरुले नवनियुक्त मन्त्री बस्नेतको निवासमै पुगेर बधाइ ज्ञापन गरेका हुन् । बस्नेत माओवादी केन्द्रका तर्फबाट शुक्रबार मात्र वन तथा वातावरण नियुक्त हुनु भएको हो ।

यसअघि गृहमन्त्रीसमेत रहिसक्नु भएका मन्त्री बस्नेत यसपटक वन तथा वातावरणमन्त्री नियुक्त हुनु भएको हो । मन्त्री बस्नेतलाई कोषतर्फबाट महासचिव कृष्णबहादुर बस्नेत, विन्देश्वरी बस्नेत, कोषका भक्तपुर जिल्ला अध्यक्ष नहकुल बस्नेत, ललितपुरका अध्यक्ष मुनु बस्नेतलगायतको सहभागिता थियो ।

खप्तडी बस्नेतहरुको कुल, वंश र आपसी सद्भाव र सहयोग आदानप्रदान गर्ने उद्देश्यले स्थापना भएको खप्तडी बस्नेत कल्याणकारी कोषले विभिन्न गतिविधि गर्दै आएको छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..